एमालेका उम्मेदवार गुरुङ भन्छनः जनताको विकासको चाहनालाई पुरा गर्छु ।

दुलेगौंडा, २९ कार्तीक ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् तनहुँ क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार किरण गुरुङ्गले आफ्नो पहिलो प्राथमिकता विकास निर्माण रहेको बताएका छन् । कार्तीक १७ देखि मतदाताको घरदैलो औपचारिक रुपमा पुग्न शुरु गरेका नेता गुरुङले तनहुँ २ निर्वाचन क्षेत्रका अधिकांश वडामा पुगिसेका छन् । यस क्षेत्रमा शुक्लागण्डकी, भिमाद, म्याग्दे, व्यास, रिसिङ र घिरिङका ४३ वडा पर्दछन् ।

मंगलवार घिरिङ गाउँपालिकाका विभिन्न क्षेत्रमा पुगेका नेता गुरुङले भने, ‘यहाँहरुले विकास निर्माणको विषयमा देखाउनुभएको चासोलाई सम्मान गर्छु । अर्थमन्त्री र प्रदेश सभा सदस्य हुदा धेरै काम शुरु गरेका थियौं । अधुरा कार्य र नयाँ योजना पुरा गर्नेछु ।’ उनले वर्षौसम्म हिलाम्मे र धुलाम्मे रहेको भिमाद–भिरकोट जोड्ने श्रृंगपथ आफू प्रदेश सभा निर्वाचित भएर आएपछि काम भएको स्मरण गराए । ‘घिरिङ आउनै मुस्किल थियो । विभिन्न कारणले सडक अलपत्र अवस्थामा थियो,’ उनले अगाडी भने, ‘निर्माण व्यवसायीलाई बारम्बार ताकेता र ध्यानाकर्षण गराएपछि यत्तिको अवस्थामा आएको हो ।’ सो अवसरमा उनले अधुरा योजना पुरा गर्ने योजनाका साथ मतदाताकोबीचमा आएको प्रष्ट पारे ।

एमाले नेतृत्वको सरकाले गाईघाट–ऋषिङ–चापाकोट गल्याङ रणनितिक सडकलाई प्राथमिकतामा राखेको स्मरण गरे । साथै मानपुर–डेढगाउँ र मानपुर–बैडी सडकखण्ड कालोपत्रे हुने जानकारी दिए । तनहुँ २ प्रदेश २ का उम्मेदवार केदार सिग्देलले स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरि विकास निर्माण कार्य अघि बढ्ने बताए । उम्मेदवार गुरुङ र सिग्देलसहितका नेताहरु मंगलवार घिरिङ–१ को कटहर, वडा नंं २ को गजरकोट,काठेकोट,माहुरकोट, भुबरकोट,कोलाडाडा, सुनपानी,वाकथोक,डाडाथोक,पोखरी छाप,नेवापनि लगायतका क्षेत्रमा पुगेका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.