नेकपा (एस) का नेता चित्र र रेखा वाट पार्टीवाट राजिनामा

सत्तामा हुदाँ शक्ति राष्ट्रहरुलाई खुशी वनाउने र विपतिमा हुँदा राष्ट्रियताको वकालत गर्ने द्धैध चरित्र नेपालका सवै जसो दलहरुमा एउटै देखियो ।

आदरणीय अध्यक्ष कमरेड
केन्द्रिय कमीटि
नेकपा (एकीकृत समाजवादी)
जव तत्कालिन पार्टी अध्यक्ष केपी ओलीले राष्ट्रिय हित विपरित एमसीसीको पक्ष लिन थाल्नुभयो र पार्टीको विधिवत निर्णय उल्लंघन गरि व्यक्तिगत रुपमा चल्न थाल्नु भयो तव पार्टीमा अन्तरविरोध गम्भिर वन्यो । अझ वहाँवाट असंवैधानिक रुपमा संसद भंग भएपछि त्यस पछि गम्भिर आपत्ति जनाउदै तपाईको नेतृत्वमा गठित नेकपा (एस) मा हामी पनि समाहित भयौ । नयाँ वनेको पार्टीले लोकतन्त्र, राष्ट्रियता र कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्नेछ भन्ने विश्वास थियो ।
तर काग्रेसको नेतृत्वमा गठवन्धन सरकार वनेपछि जुन विचार र मुल्यको लागी एस पार्टी वनेको थियो,गठवन्धन त्यसको विरुद्ध गयो । नागरिकता विधेयक पुन ल्याईयो, एमसीसीलाई घुमाई फिराई संसदवाट पास गराईयो र युक्रेनका सम्वन्धमा पनि गलत निति लिईयो । सत्ता स्वार्थका कारण एस पार्टी पनि ति राष्ट्रहित विपरित निर्णयहरुको अंशियार वन्यो । सत्तामा हुदाँ शक्ति राष्ट्रहरुलाई खुशी वनाउने र विपतिमा हुँदा राष्ट्रियताको वकालत गर्ने द्धैध चरित्र नेपालका सवै जसो दलहरुमा एउटै देखियो । यी घटनाहरुवाट नेकपा (एस) गठनको वैचारिक आधार नै समाप्त भयो । अmभ आम निर्वाचनमा नेतृत्व तह पार्टी संगठनका व्यवस्थापन भन्दा पनि केही नेताहरुको लागी सिट व्यवस्थापनमा लाग्यो । धेरै जिल्ला र कार्यकर्ताहरुलाई वेवारिसे छाडियो । तनहुँ जिल्ला लगायत धेरै ठाँउमा अन्य पार्टीको निशर्त प्रचार गरिदिनु पर्ने अन्यथा कारवाही गर्ने निर्देशन आएपछि त पार्टीमा वस्नुको कुनै अर्थ नै रहेन ।
यिनै कारणले आज भन्दा करीव १ महिना अगाडी नै (एस) पार्टी परित्याग गरेको कुरा प्रदेश नेतृत्वलाई जानकारी गराईसकेका थियौ । आज औपचारिक रुपमा नै केन्द्रिय कमिटी र पार्टी सदस्यतावाट समेत यो राजिनामा दिएका छौ ।
नेपालको वाम आन्दोलनमा देखिएका दक्षिणपन्थी अवसरवाद, अराजकतावाद, व्यक्तिवाद र गुटवादी प्रवृत्तिले विगतमा प्राप्त गरेको झण्डै ५५ प्रतिशत जनमत आज ४० प्रतिशतमा संकुचित हनु थालेको छ भने संसदमा भएको दुईतिहाई वहुमत अव साधारण वहुमत पनि नपुग्ने अवस्थामा पुग्दैछ । अव नेपालको वाम आन्दोलन जोगाउने हो भने विगतको गम्भिर आत्मासमिक्षा गरि भविश्यमा एकतावद्ध हुनुको कुनै विकल्प छैन । तसर्थ हामी कुनै एउटा कम्युनिष्ट समुहमा आवद्ध हुनुभन्दा समग्र वाम एकताको पक्षमा उभिने निर्णयमा पुगेका छौ । सवै वर्तमान नेताहरुलाई एकताको पक्षमा लाग्न पनि हार्दिक अनुरोध गर्दछौ ।


क. चित्रवहादुर थापा
क. रेखा थापा वस्याल
पुर्व केन्द्रिय कमिटी सदस्य
नेकपा (एकीकृत समाजवादी)

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.