तनहुँकाे दमाैली अस्पतालमा बेथिति – डायलाइसिस गर्ने मेसिन नबनाउदा बिरामीहरु मारमा (फोटोफिचर)

तनहुँकाे सदरमुकाम दमाैलीमा २०७२ सालबाट मृगाैला राेगिहरुकालागि संचालित डाइलासिस सेवा प्रभावकारी बन्न नसक्दा विरामीहरु ठूलाे मनरमा परेका छन् ।  सदरमुकाम दमाैलीकाे मुटुमा रहेकाे यश अस्पतालकाे व्यवस्थापन समितिकाे चरम लापरबनहिका कारण तथा गण्डकी प्रदेश सरकारले मेडिकल सुपरिटेन्डेन्ट नपठाउदा यस्ताे बेथिति हुन पुगेकाे हाे ।         

श्रीमतिकाे डायलाइसिस का लगि अस्पताल आएका   व्यास नगरपालिका वडानं १० बैरेनिका सूर्यबहादुर गुरुङ सरकारी व्यवस्थापनकाे चरम लापरवाहिका कारण यस्ताे स्थिति आएकाे बताउछन्।  बिगत पाँच बर्षदेखि नियमित रुपमा  डायलाइसिस गर्दै आइरहेका म्याग्दे गाउँ पालिकाका रुमबहादुर रिलामी मगर  अस्पतालले मेसिन अभाब देखाएर चारघण्टा गर्नुपर्ने डायलाइसिस तीन घण्टा मात्र गर्ने गरेकाे बताउदै अस्पतालमा पङ्खा नहुँदा कागजकाे पङ्खा बनाएर हम्कन परेकाे पिढा पाेखे। 

नर्सिङ ईन्चार्ज माया थापा ११ बटा मेसिन मध्ये ८ मेसिनले बिग्रेकाले ३ वटा मेसिनले काम चलाउन सारै गार्हाे परेकाे बताउछिन् । यस  सम्वन्धमा  दमाैली अस्पतालका अध्यक्ष  देवेन्द्र थापा अस्पतालकाे समस्या प्रदेश सरकारले भने बमाेजिम काम नगरेकाे भनेर उम्केका छन्। यसरी जनताकाे स्वास्थ्य जस्ताे गम्भिर विषयमा  यस्ताे किसमकाे चरम लापरवाहि हुन विढम्वनाकाे विषय बनेकाे छ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.