तनहुँ जिल्लाकाे प्रसिद्ध छाब्दि वाराहि मन्दिरलाई तामाकाे पाताले छाईयाे

तनहुँ ,असार १९। तनहुँ जित्लाकाे प्रसिद्ध छाब्दि वाराहि मन्दिरकाे नवनिर्मित मन्दिरमा  तामाकाे गजुर राखी तामकै पाताले छाउने काम        अन्तिम चरणमा पुगेकाे छ। तनहुँ जिल्लाकाे व्यास नगरपालिका वडानं १४ छाब्दि स्थित सुन्दर प्रकृतिकाे हरियालीकाे काखमा रहेकाे यस मन्दिरकाे भाकल गरि पुजा गरेमा मनाेकाङ्क्षा पूरा हुने जनविश्वास रहेकाे छ।       

यस मन्दिर हाताभित्र रहेकाे  पानीकाे कुण्डमा रहेका  माछालाई साक्क्षात देविकाे अवतारकाे  रुपमा लिईने गरिन्छ। यस मन्दिरकाे पुरानाे मन्दिर नजिकै तलबाट सिमेन्टेड पिल्लर उठाई माथि प्यागाेडा शैलिमा आकर्षक ढङ्गले तामाकाे गजुर सहित तामाकाे पाताले छाउने काम  भएकाे छ। जस्का लागि गण्डकी प्रदेश बाट प्राप्त १५ लाखकाे लागतमा सम्पन्न गर्न लागिएकाे छाब्दि देवि मन्दिर संरक्षण समितिका अध्यक्ष थान बहादुर थापाले बताए ।

ललितपुरका कालिगढ सुवास ताम्राकारलाई छाउनका लागि जिम्मा दिईएकाे र एक दुईदिन भित्रै काम सम्पन्न हुने ताम्राकारले बताए।  

 

उता स्थानिय माधब पन्थ छाब्दि देविलाई साक्क्षात देविकाे रुपमा लिईने हुनाले मन्दिर र संरचनाहरु निर्माण गर्दा परम्परागत शैलिलाई बिर्सन नहुने बताउँछन्।   वि सं १९३१ सालमा स्व . राजा सुरेन्द्र विर विक्रम शाहका पालामा तात्कालिन पूजारि मानबहादुर आलेलाई लालमाेहर प्राप्त भएदेखि उनै आले परिवारका सन्तानहरु छाब्दि देवि मन्दिरका पुजारि रहि आएका छन् ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.