श्री एशियन उपभोक्ता सहकारी संस्था पुर्ण रुपमा डिजिटल प्रविधिमा रुपान्तरण

श्री एशियन उपभोक्ता सहकारी संस्था पुर्ण रुपमा डिजिटल प्रविधिमा रुपान्तरण भएको छ । व्यास नगरपालिका वडा नं २ मा मुख्य कार्यलय रहेको सहकारी समय र ग्राहकको मागसँग डिजिटल प्रविधिमा रुपान्तरण गरिएको संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले वताए ।


ग्राहकलाई सर्वसुलभ तरिकाले सेवा दिनका लागी मोवाईल एप्सको विकास गरेको सहकारीले डिजिटल प्रविधिको मोवाईल बैकिङ्गवाट आफै खाता खोल्न सकिने, मोवाईल रिचार्ज गर्न, एयर टिकट वुक गर्न सकिने, विभिन्न वालेटमा रकम पैसा पठाउन सकिने सहकारीले जनाएको छ ।


यसैगरि मोवाईल एपको प्रयोग गरि चेक वुकका लागी अनुरोध गर्ने, एटीएम, भिजा कार्ड वनाउन अनुरोध गर्न सकिन्छ भने एपको माध्यामवाट नै फन्ड ,तथा वैक ट्रान्सफर, क्यु आर स्कान, विभिन्न विज्ञापन, राईड पेमेन्ट, फेच स्टेटमेन्ट सेभिङ्ग, शेयर खरिद तथा लोन पनि डिजिटल प्रविधिको माध्यामवाट गर्न सकिने अध्यक्ष श्रेष्ठले वताए ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.