परासर सत्संग भजन कीर्तन समितिको अध्यक्षमा ईन्द्र वाग्ले

व्यास ५ बेनिपाटनमा रहेकाे  परासर सत्संग भजन कीर्तन समितिको १३औ साधारण सभा तथा नवौं अधिवेशन सम्पन्न भएकाे छ। संस्थाका अध्यक्ष श्री अर्जुन गिरीको सभापतित्वामा एवं  १००८ स्वामी रमणानन्द गिरीजी महाराज को प्रमुख आतिथ्यता मा सम्पन्न भएको छ ।

उक्त कार्य क्रममा गण्डकी प्रदेशका अर्थमन्त्री माननिय   जीतप्रकाश आले, गण्डकी प्रदेशका माननिय सांसद अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका नगर प्रमुख  वैकुण्ठ न्यौपाने ,व्यासका अध्येता काशीनाथ न्यौपाने  समेत का विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सम्पन्न उक्त  अधिवेशनले  ईन्द्र वाग्लेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्व सम्वत चयन गरेकाे छ।

समितिकाे उपाध्यक्षमा  ऋषिराम ढुङ्गाना”सेवक” ,सचिवमा सुनिता पोख्रेल ,कोषाध्यक्क्षमा मायाँ नेपाली चयन भएका छन्। समितिकाे  सदस्यहरुमा रबिन्द्र शाह , सानुमायाँ  श्रेष्ठ ,सिता श्रेष्ठ , विष्णुबहादुर माझी सदस्य ,कमला रानाभाट , सरस्वती बोटे , टकमाया थापा , रेवती पन्थ र  देवि  पौडेल रहेका छन्

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.