व्यास नगरपालिकाको आर्थिक वर्ष ०८०-०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

व्यास नगरपालिकाको आर्थिक वर्ष ०८०÷०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । व्यास नगरपालिकाका आयोजना एवं नेपाल पत्रकार महासंघ तनहुँ शाखाको समन्वयमा विहिवार व्यास नगरपालिका परिसरमा कार्यक्रम गरिएको हो । व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नगरवासीले नगरपालिकाले प्रवाह गरेका सेवाको बारेमा विभिन्न प्रश्न एवं जिज्ञासा राखेका थिए । नगरवासीले व्यास नगरपालिकाले सरसफाईलाई व्यवस्थित गर्नुपर्ने, सडक मर्मतमा ध्यान दिनुपने, दमौली बजार आसपासको क्षेत्रको धुलो नियन्त्रण गर्नुपर्ने, दमौली अस्पतालको सैया विस्तार गर्नुपर्ने, स्वास्थ्य बिमा बापतको औषधी समयमै पाउनुपर्ने लगायतका विभिन्न समस्या राखेका थिए । आम नगरवासीले राखेको प्रश्नहरुको व्यास नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रसाशकीय अधिकृत, वडाध्यक्षहरु सम्बन्धित शाखाका शाखा प्रमुखहरुले उत्तर दिएका थिए ।

कार्यक्रममा पालिका स्थित प्रमुख राजनीतिक दलका नगर अध्यक्ष एवं सभापति हरुले नगरपालिका भित्रका समस्या एवं समाधानका विषयमा भनाई राखेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका नगरवासीले सार्वजनिक सरोकारका विषयमा प्रश्न एवं सुझाव दिएका थिए ।

व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीेले व्यास नगरपालिकाले चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा गरेका कामको वारेमा जानकारी दिएका थिए । आन्तरिक आर्य तर्फ चालु आर्थिक वर्षको हालसम्म ९ करोड ९१ ह्जार रुपैया राजश्व असुली भएको बताए ।

व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले नगरवासीले सडक, भवन, सरसफाई लगायतका विषयमा जिज्ञासा एवं चासो गुनासो राखेको र त्यसलाई सम्बोधन गर्न नगरपालिका प्रतिवद्ध रहेको बताए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.