संक्रमणकालिन न्यायको विषय सबै मिलेर समाधान गर्नुपर्छ – उपसभापति धनराज गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संक्रमणकालिन न्यायलाई टुुङ्याउने विषयमा सत्तापक्ष र प्रतिपक्ष एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका ६ शिसाघाटमा शहिद विष्णु जमरकट्टेल प्रतिष्ठानको आयोजनामा स्मृति दिवस बुधवार उनले सो भनाई व्यक्त गरेका हुन् । पूर्व कानुनमन्त्री समेत रहेका गुरुङले १० वर्षे द्धन्द्धको समयमा समाजप्रति इमान्दार भएर काम गर्ने विभिन्न व्यक्तिले अनाहकमा ज्यान गुमाउनुपरेको बताए । निदोष व्यक्तिहरुले समेत युद्धको क्रममा विनाकारण ज्यान गुमाउन परेपछि तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको नेतृत्वमा विस्तृत शान्ति सम्झौता गरेर माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन काम भएको बताए । नेपाली कांग्रेस शान्ति चहाने पाटी भएको कारण रक्तपातलाई रोक्नको लागि कांग्रेसको नेतृत्वमा सात दलले तत्कालिन माओवादीसंग सम्झौता गरेको उनको भनाई थियो ।

संक्रमणकालिन न्यायलाई पूर्णता दिनको लागि काम भइरहेको र शान्तिप्रक्रियालाई टुुङ्याउने विषयमा सत्तापक्ष र प्रतिपक्ष एकजुट हुनुपर्ने आवश्यकता रहेको उनको भनाई थियो । स्वर्गिय शुशिल कोइराला नेतृत्वको सरकारको पालामा नै सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पती छानविनको कुरा उठाएको उनले बताए । भ्रष्टचारको अन्त्य गरेमात्रै देश माथी उठ्ने उहाँको भनाई थियो ।

शहिद विष्णु जमरकट्टेल प्रतिष्ठानका अध्यक्ष शान्ताराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस तनहुँका निवर्तमान अध्यक्ष बैकुण्ठ न्यौपाने, संविधान सभा सदस्य रामचन्द्र पोखरेल, गण्डकी प्रदेशका पूर्वमन्त्री दोवाटे विक, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकाल, नेपाली कांग्रेस क्षेत्र नम्बर २ सभापति चुडामणी दाहाल, शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डित, नेपाली कांग्रेस मध्यनेपालका उपसभापति नवराज पराजुली, व्यास नगर सभापति सूर्यचन्द्र हड्खले, व्यास नगरपालिका प्रवक्ता जीवन गुरुङ, परिवारको तर्फबाट राजेन्द्र जमरकट्टेल लगायतले यस्ता कार्यक्रमले शहीद विष्णु जमरकट्टेलको विकासको लागि पु¥याएको योगदानको भावी पुस्तालाई जानकारी दिन मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला मामिला मन्त्री डोबाटे विक, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित लगयतले भनाई राखेका थिए । शहिद विष्णु जमरकट्टेल र स्वर्गिय सुवेदार तिल बहादुर शाहीको स्मृतिमा बुधवार भएको निशुल्क स्वास्थ्य शिविरमा ५ सय भन्दा बढी व्यक्तिले स्वास्थ्य परिक्षण समेत गरेका छन् ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.