म्याग्दे गाँउपालिकाको आर्थिक वर्ष ०८०।०८१ को तेश्रो चौमासिकको सार्वजनिक सुनुवाई असार ३० मा हुने भएको छ । पालिकावाट हुने सेवाप्रवाह, विकासका समग्र पक्ष, सुशासन र पारदर्शिताका विषयमा पालिका भित्रका नागरिक, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीलाई जानकारी गराउने हेतु सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।
म्याग्दे गाँउपालिकाको वडा नं ५ को वडा कार्यलयमा हुने सार्वजनिक कार्यक्रममा सम्पुर्ण म्याग्दे वासी जनसमुदायलाई उपस्थितीको लागी समेत पालिकाले अनुरोध गरेको छ ।
