नेपाल कम्युनिष्ट पार्टी(एमाले) तनहुँको जागरण अभियान यहि चैत्र १८ गते गर्ने भएको छ । देशमा भईरहेको अस्थिर र प्रतिगमनकारी क्रियाकलाप विरुद्ध जागरण अभियान संचालन गर्न लागिएको पार्टी अध्यक्ष हरिराज कडेलले जानकारी दिए । अहिले व्यवस्था विरुद्ध अनेकन क्रिया प्रतिक्रियावादी शक्तिहरु लागेका छन्, यसका विरुद्ध सम्पुर्ण राष्ट्रवादी शक्तिहरु लाग्नुपर्दछ, अध्यक्ष कडेलले भने ।
जिल्ला पार्टी कार्यलय दमौलीवाट ¥याली सहित वजार परिक्रमा गरि अनसन चौतारीमा कोणसभा गरिने एमाले तनहुँले जनाएको छ । उक्त कार्यक्रममा जिल्लाभरवाट करिव २ हजार कार्यकर्ता तथा शुभेच्छुकको उपस्थिती रहनेछ । कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश ईन्चार्ज किरण गुरुङ, तनहुँ ईन्चार्ज केदार सिग्देल लगायतका नेताले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।