छोराको कर्म चलाउदै छोरी


दुलेगौँडा ।


नेपाली समाजका छोरीहरु छोरा जति नै सक्षम छन् भन्ने कैयन उदाहरणहरु छन् । विशेषत माता पिताको स्वर्गबास पछि गरिने कर्मकाण्डमा भने छोराको आवश्यकतालाई प्राथमिकता दिने नेपाली समाजमा छोरीहरुले समेत उत्तिकै सहभागिता जनाउन सुरु गरेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका १ काठिपिपलकी तारा कुवंर अहिले आफ्नो आमाको क्रिया कर्म एक्लै अघि बढाउनुभएको छ  ।


गत २० गते दुई छोरीकी आमा रुपन कुँवरको अल्यायुमा मृत्युभएपछि तारा बैदेशिक रोजगारीबाट फर्कि आफ्नै हातले दागवती दिएर क्रियाकर्म चलाउनुभएको हो । ‘आमाको इच्छा थियो छोरीले क्रिया गरोस्, उहाँले भन्नुभयो ‘आमाको बचन पुरा गर्न पाएकोमा खुशी छु ।’ उनले छोरा जत्तिकै भूमिका छोरीहरुको समेत हुनुपर्ने दावि गर्दै समाजमा यस्ता क्रियाकलापमा लैगिक रुपमा भएको असमान ब्यवाहार हट्नुपर्ने बताउनुभयो ।
१३ दिनसम्मको काजक्रियामा बसेकी तारालाई स्थानीय पण्डित कालिदाश पौडेलको समेत साथ रहेको छ । क्रियाथलोमा नै भेटिएका पण्डित पौडेलले छोरीसमेत आफ्नै सन्तान भएको हुदाँ कर्मकाण्डमा सहभागि हुन मिल्ने उहाँको भनाई थियो । उहाँले पछिल्लो समय छोरीहरुको भूमिका नेपाली समाजमा प्रभावकारी बन्दै भएको र आमा बुवाको लालनपालनमा समेत छोरीहरु बढी सक्रिय देखिएकाले काजक्रियामासहभागि हुन कुनै रोकतोक गर्न नमिल्ने बताउनुभयो । पौडेलले तारालाई छोरालै नै गर्ने सवै विधीबाट काजक्रिया गर्न सहयोग गरिरहेको जानकारी दिनुभयो ।


दुई छोरीमात्र भएपछि छोराकै लागि सन्तान संख्या नबढाएका घनश्याम अहिलेको दुखद परिस्थितीमा समेत खुशी नै देखिनुहुन्छ । आफ्नो र श्रीमतीको मृत्युपछिको परिस्थितीबारेमा समाजको गाईगुईले बेलाबेलामा चिन्तित बनाउने गरेको स्मरण गर्दै घनश्यामले अहिले समाजमा आफ्नै परिवारबाट उदाहरणीय कामको थालनी भएकोमा सन्तुष्ट देखिनुभयो । अर्की छोरी परिस्थितीबस आमाको काजक्रियामा सहभागि हुन नपाएको गुनासो गर्दै उहाँले छोरीहरुको भूमिकाले छोरा नै चाहिन्छ भन्ने मान्यता मिाथ्या मात्र रहेको बताउनुभयो।
स्थानीय नारायण विकले समेत कुवर परिवारमा छोरीले देखाएको उदाहरण सिको गर्न लायक रहेको बताउनुभयो । सामाजिक रुपमा रहेको कुसंस्कारहरुलाई हिम्मतले मात्र परिवर्तन गर्न सकिने दावि गर्दै विकले यस्ता कदममा समाज र शिक्षित समुदायलको साथ आवश्यक रहने बताउनुभयो  ।  

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.