कार्कीद्धारा राष्ट्रिय भूमि आयोग तनहूँको विज्ञ सदस्यबाट राजीनामा

राष्ट्रिय भूमि आयोग तनहूँको विज्ञ सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पुर्व जिल्ला अध्यक्ष श्रीराम कार्कीले भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्र्तगत रहेको राष्ट्रिय भूमि आयोगको विज्ञ सदस्यवाट राजीनामा दिएका छन् । कार्कीले जिल्लामा पत्रकार सम्मेलन गर्दे आयोगको विज्ञ सदस्य वाट राजीनामा दिएका हुन् ।


२०७८ चैत्र ४ गते राष्ट्रिय भुमि आयोगको विज्ञ नियुक्त भएका कार्कीले विज्ञ सदस्यको रुपमा तनहुँ जिल्लामा विभिन्न काम गरेका दावी गरे । पदीय जिम्मेवारीको शिलशिलामा विभिन्न पालिकामा आयोगको विभिन्न प्रक्रिया अगाडी वढिरहेको सन्र्दभमा राष्ट्रिय राजनितीका कारण २०८० श्रावण ५ गते पुन नेकपा एमालेमा नै प्रवेश गरेको र त्यति वेला नै समाजवादी पार्टीलाई पार्टीलाई प्रष्ट रुपमा जानकारी गराईएको वहाँको दावी थियो ।
तर त्यसका वावजुद पनि नेकपा एकीकृत समाजवादीका नाममा केही व्यक्तिहरुले विभिन्न ईगो साँधेरे चरित्र हत्या गर्ने कार्यको कार्कीले खण्डन गरेका छन् । २०८० श्रावण ३० गते जिल्ला भुमि आयोगलाई औपचारिक राजीनामापत्र पेश गरिसकेको सन्र्दभमा पनि नेकपा एकीकृत समाजवादीका नेताहरुले गरेको टिका टिप्पणीलाई कार्कीले अस्वभाविक दावी गरेका छन् ।
मेरा विरुद्धमा केहि भ्रम र कोकोहोलो मच्चाएर धमिलो पानीमा मछा मार्ने कुचेष्टा र सपना देखनेहरु प्रति पनि म यहि राजिनामा पत्र मार्फत गहिरो स्मरणपुर्वक धन्यवाद ज्ञापन गर्दछु । कार्कीको राजिनामा पत्रमा भनिएको छ ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.