गण्डकी प्रदेशसभा सदस्य महतद्धारा निर्वाचन खर्चको विवरण पेश

तनहुँ

गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महतद्धारा निर्वाचन खर्चको विवरण निर्वाचन कार्यलयमा पेश गरेका छन् । यहि मंसिर ४ गते भएको प्रतिनिधीसभा तथा प्रदेश सभाको निर्वाचनमा तनहुँको क्षेत्र नं २ (क) वाट निर्वाचित महतले आज प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्धारा स्वीकृत निर्वाचन आचार सहिंता वमोजिम चुनावमा भएको निर्वाचन खर्चको विवरण आयोगमा पेश गरेका हुन् ।
निर्वाचन खर्च विवरण अन्तरगत प्रचार समाग्री खरिद शिर्षकमा २ लाख २८ हजार ७ सय पचास, गोष्टी तथा अन्तरक्रियामा २ लाख ६८ हजार ८ सय, सवारी साधन खर्चमा ३ लाख ३६ हजार, कार्यलय संचालन र प्रतिनिधी परिचालनमा ६९ हजार १ सय सोह्र र अन्य प्रचारप्रसारमा ५७ हजार ५ सय गरि कुल ९ लाख ६० हजार २ सय छैसट्टी रुपैया खर्च पेश गरेका हुन् ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.