जामुने
म्याग्दे गाँउपालिका द्धारा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) व्यवहारिक सिकाई अन्तरगत म्याग्दे गाँउपालिका वडा नं २ मा अचार वनाउने तालिम सम्पन्न भएको छ ।
सिप सिकौं, व्यवसाय गरौ, उद्यम वनौ भन्ने मुल नाराका साथ गरिएको कार्यक्रममा उक्त वडाको २४ जना महिलाहरुलाई अचार वनाउने तालिम दिईएको हो ।

म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सिपले आर्थिक उपार्जनमा टेवा पुग्ने वताउनुभयो । घरायसी काम सँगसँगै सिम सिकेमा आर्थिक उपार्जन गर्न सकिन्छ । जसले गर्दा दैनिक घरव्यवहारमा सहज हुन्छ । काम कुनै पनि सानो ठुलो नहुने हुदाँ तालिममा सिकेको व्यवहारिक सिपलाई निरन्तरता दिएर आत्मनिर्भर वन्नुपर्नेमा जोड दिनुपर्दछ, अध्यक्ष श्रेष्ठले वताए ।

गाँउपालिका आम जनताको जनजीविकाको सवाल सम्वोधन गर्न सधै जनता सँग रहेको छ । यसअघि पनि यहि कार्यक्रम अन्र्तगत हर्कपुरमा महिलाहरुलाई माला वनाउने तालिम सम्पन्न भईसकेको छ । सिपलाई हरेक व्यक्तिसँग जोडन सकियो भने परनिर्भरता हुदैन, अध्यक्ष श्रेष्ठले वताउनुभयो ।

यसैगरि म्याग्दे गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले पालिकाले जनताको आवश्यकताको आधारमा योजना वनाउदै गएको वताउनुभयो । सिप सिकाई मात्र होईन, कृषक र उत्पादनलाई जोड्नका लागी व्यवसायिक कृषकलाई अनुदान, विभिन्न अनुदान, एकीकृत घुम्ति शिविर जस्ता विभिन्न जनउपयोगी काम गरेको छौ । यसमा आम सहभागिता देखेरे पालिका हर्षित छ, पमुख प्रशासकिय अधिकृतले वताउनुभयो ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) व्यवहारिक सिकाईले आम जनतालाई सिप सँग जोड्नका लाग विभिन्न वडामा विभिन्न योजनाहरु गर्दे आएको हुदाँ सिप को निरन्तरताले मात्र यसको उपादेयता हुने अधिकारीले वताउनुभयो ।

म्याग्दे गाँउपालिकाका अध्यक्ष शिव वहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका लेखा अधिकृत नवराज पोख्रेल, योजना शाखाका प्रमुख श्रीराम खनाल, कार्यपालिका सदस्य, वडा सदस्यहरुको उपस्थिती रहेको थियो । तालिममा विभिन्न १५ प्रकारको अचार वनाउने तालिम दिईएको थियो भने कार्यक्रममा सहभागीहरुलाई गायत्री नेपालीले तालिम दिनुभएको थियो ।

म्याग्दे गाँउपालिका द्धारा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) ले म्याग्दे –७, को स्वामीभन्ज्याङ्गमा नयाँ पशु उद्यमी तर्फ कृषि तथा पशु पालिन तालिम अन्तरगत १० जना र क्रिस्टलको गहना तथा फाईवरका माला वनाउने तालिममा १६ जना स्थानिय समुदायलाई व्यवहारिक सिकाई तालिम दिईसकिएको गाँउपालिकाका अधिकृत सातौ एवं मेडपाका फोकल पर्सन प्रदिप न्यौपानेले वताए ।













