हात्तीपाइले रोग पूर्ण नियन्त्रणका लागि सबै एकजुट हुनुपर्छ – गाउँपालिका अध्यक्ष अधिकारी

जनक श्रेष्ठ

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले हात्तीपाइले रोग पुर्ण रुपमा नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताउनु भएको छ । दोर्दी गाउँपालिकाको स्वास्थ्य शाखाद्धारा आज पालिकाको वडा नं. ४ नौथर सेरामा आयोजित हात्तीपाईले रोग विरुद्वको औषधी खुवाउने अभियान २०७९ अन्तर्गत गाउँपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकय गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले उक्त कुरा बताउनु भएको हो ।

हात्तीपाईले रोग विरुद्वको औषधी खुवाउने अभियान मार्फत यस रोज नियन्त्रणका लागि पालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरु, स्वम्मसेविका, टोलसुधार समिति सबै एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । छिमेकी पालिका राइनासमा हात्तीपाइले रोगका बिरामी रहेकाले पालिकादेखि जिल्लामै यस रोग चुनौतीका रुपमा अघि बढिरहेकाले यसमा पालिकाको ध्यान केन्द्रित भएको गाउँपालिकाका अध्यक्ष अधिकारीले बताउनुभयो । त्यस्तै,कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष विच्छबहादुर घले, प्रमुख प्रशासकीय अधिकृत सम्सेर गुरुङ, वडा नं. १ का वडाअध्यक्ष लक्ष्मी लक्ष्मीप्रसाद अधिकारी, पाचोक स्वास्थ्य चौकीका प्रमुख सोबतबहादुर कार्की लगायतले सरकारीदेखि नागरिकसम्म सबै यस रोग नियन्त्रणमा लागे मात्र हात्तीपाइले रोग नियन्त्रण हुन सक्ने भएका थिए ।

कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख आईतमान गुरुङले आगामी फागुन ११ गतेदेखि १३ गतेसम्म जिल्लाभर औषधी खुवाईने कार्यक्रम अनुसार पालिकामा पनि सोही दिन खुवाईने बताउनुभयो । हात्तीपाइले रोग विरुदको औषधी कुनै नागरिक नछुटोस भनेर पालिकाभित्रका घरघरमै स्वास्थ्यकर्मी स्वामंसेविका लगायतले औषधी खुवाउने बताउनुभयो । स्वास्थ्य शाखाका सहसंयाजक सुजन सुनारका अनुसार पालिकामा करिब १४ हजार जनालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने लक्ष्य रहेको छ । यसका लागि पालिकामा रहेका ५६ हजार स्वास्थ्यकर्मी र ८५ जना महिला स्यवसेविका साथै टोल सुधार समितिका संयोजक समेत खटिने उहाँको भनाई छ । पालिकाभित्रका कुनै पनि नागरिकमा भने हात्तीपाईले रोगका बिरामी नभएको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य अम्विका मरहठ्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका सहसंयोजक सुनारले गर्नुभएको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.