म्याग्दे गाँउपालिकाको आयोजनामा निशुल्क आँखा शिविर को तेश्रोे दिन ४६८ जनाको आँखाको परिक्षण गरिएको छ । यो सँगै निशुल्क आँखा शिविरमा आँखाको परिक्षण गराउनेको कुल संख्या १२०९ जना पुगेको छ । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गाँउपालिका र श्री सुर्य नेपाल प्रा.लि.तथा तनहुँ हाईड्रो पावर नेपालको आर्थिक सहयोगमा निशुल्क आँखा शिविर संचालन भएको हो ।

शिविरको शिविरको तेश्रो दिनमा भएको ४६८ जनाको आँखाको परिक्षण गरिएको हो । कुल परिक्षण गरिएको मध्ये ४ जनालाई जलविन्दु र ४३ जनालाई मोतिविन्दु देखिएको हिमालय आँखा अस्पतालको चिकित्सक गोविन्द ढकालले जानकारी दिनुभयो । जलविन्दु र मोतिविन्दुको विरामीलाई पोखरा रिफर गरि निशुल्क उपचार गरिने हिमालय आँखा अस्पताल पोखराले जनाएको छ । यसैगरि शिविर अवधिभर कुल ६०० जनालाई चस्मा समेत वितरण गरिएको छ भने १२०९ जनालाई नै औषधी वितरण गरिएको छ ।

सोही शिविरको अवसरमा कुल शिविर अवधिभर ४६८ जनालाई कोभिडको खोप लगाईएको छ भने आज मात्र १४१ जनालाई कोभिड खोप लगाईएको छ । जसमा महिला ८७ जना र ५४ जना पुरुष रहेका स्वास्थ्य शाखाका प्रमुख तिलक घिमिरेले वताए । शिविरमा आँखाको समान्य परिक्षण, उमेरका कारण नजिक नदेख्ने समस्या भएकाहरुको उपचार, मोतिविन्दु भएको ज्येष्ठ नागरिक विरामीको पहिचान र रिफर गरिएको छ ।

हिजो भएको आँखाको परिक्षणमा ५३६ जना सेवाग्राहीेले आँखाको परिक्षण गराएका थिए ।





















