घेरावन्दीको वीचमा पनि एमाले जनताको शक्ति वन्यो – पद्या अर्याल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रिय सचिव पद्या अर्यालले गएको आम निर्वाचनमा नेकपा एमाललेलाई विभिन्न शक्तिले घेरावन्दी गरेता पनि जनताको पहिलो शक्ति वनेको वताउनुभयो । देशमा सत्तासिन गठवन्धनका नाममा एमाललेलाई हराउन विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय शक्ति लागेता पनि त्यो असफल वन्यो, त्यसको एउटै कारण भनेको एमाले जनताको पार्टी भएको कारण हो, अर्यालले वताउनुभयो ।


गएको चुनाव देशमा परिवर्तनकामी शक्ति र परिवर्तनविरोधी शक्तिको वीच भयो । एमालेले परिवर्तनको नेतृत्व गरयो भने गठवन्धनका दलहरुले परिवर्तन विरोधीको नेतृत्व । त्यति धेरै शक्ति मिलेर पनि एमालेको शक्तिलाई हराउन सकेन, यसले पनि एमाले देश र जनताको पार्टी हो भन्ने पुष्टि भएको छ, सचिव अर्यालले वताए । गठवन्धनका नाममा सरकार र सत्तासिन दलले जनविरोधी काम गरेको हुदाँे निर्वाचन पनि एमालेलार्ई हराउन लागेको तर एमाले कमजोर छैन भन्ने भर्खरको चुनावले पुष्टि गरेको छ, अर्यालले वताए ।


यसका वावजुद पनि अवको निर्वाचनमा पनि एमालेले सफलता हात पार्नेछ । देशमा पार्टीले खेलेको भुमिका आम जनताले वुझेको हुदाँ एमाले नै देशको स्थिरता, विकास र सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा पार्टी प्रष्ठ भएको समेत वताए ।
प्रेस चौतारी नेपाल तनहुँ शाखाले आयोजना गरेको कार्यक्रममा सचिव अर्यालले सो कुरा वताएका हुन् । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य भगवती न्यौपाने, पार्टीका प्रचार विभाग प्रमुख प्रदिपराज अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रिय सचिव शुष्मा पौडेल, पार्टीका प्रचार विभाग सदस्य रामकृष्ण ज्ञवाली, प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका अध्यक्ष ईन्द्र पौडेल लगायतले धारणा राखेका थिए पनि प्रेस चौतारी नेपाल तनहुँको अध्यक्ष राजकुमार श्रेष्ठ विवि को अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.