टाप गाउँमा घरै पिच्छे धारा

यहाँ टापँ गाउँका स्थानीयको घरपिच्छे धारा निर्माण भएको छ । दोर्दी गाउँपालिका वडा नं.८ स्थित टाप गाउँको ९१ घरमा घरैपिच्छै धारा निर्माण भएको हो । दोर्दी गाउँपालिका र गोरखा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा यहाँ धारा निर्माण भएको हो । गोरखा वेल्फेयरका आयोजना प्रबन्धक बेलबहादुर गुरुङका अनुसार विरेन्द्र शिला प्रावि, कन्यादेवी आमा भवन, खोप क्लिनिक भवनमा समेत एउटा÷एउटा धारा निर्माण भएको छ । सो विद्यालयमा एक शौचालयसहित गाउँमा ९४ वटा खानेपानी धारा निर्माण भएको उहाँको भनाई छ ।

४४ लाख ९५ हजार ५ रुपैयाँ ४१ पैसा लागतमा उक्त संरचना निर्माण सम्पन्न भएको छ । यीमध्ये गोर्खा वेल्फेयरको ३६ लाख ३१ हजार ५ रुपैयाँ ४१ पैसा, गाउँपालिकाको ३ लाख ८० हजार रुपैयाँ र ४ लाख ८४ हजार रुपैयाँ बराबर जन श्रमदान रहेको बताइएको छ । विसं. २०७९ आठ महिना १९ गते निर्माण थालनी गर्दै विसं. २०७९ एघार महिना १५ गते सम्पन्न भएको थियो । उक्त संरचना गाउँपालिका अध्यक्ष युवराज अधिकारीले सोमबार हस्तान्तरण गर्नुहुँदै टाप गाउँमा घरेपिच्छे धारा निर्माणले स्थानीयले सहज बनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, गाउँपालिकाले घरेपिच्छे धारा पु¥याउने अभियानका साथ तिब्र गतिमा अघि बढिरहेकाले धारा नपुगेको घर बस्तीहरुमा चाडै धारा पुग्नेछ । वडाध्यक्ष नारान घलेले भन्नुभयो, यहाँ धारा नहुदा नागरिकलाई पानीकै दुख थियो तर अहिले घर घरमै पानी आउदा सहज बनाएको छ । टाप खानेपानी उपभोक्ता तथा सरसफाई आयोजनाका अध्यक्ष तथा स्थानीय चित्रबहादुर गुरुङले भन्नुभयो, यहाँ पानी आउदा धेरै अन्तर आएको छ, पहिला वर्खामा धमिलो आउथ्योे, तर अहिले फिल्टर पानी खान पाएका छौँ, स्वास्थ्यका हिसाबले पनि राम्रो भएको छ । यहाँ यसअघि सार्वजनिक धारा पाँच वटा वटा रहेको थियो । वर्खामा कहिल पानी आउने कहिले नआउने समस्या थियो, पानी आउदा पनि धमिलो र त्यहि पानी भर्न लामो समय पालो पर्खेर भर्नुपर्ने थियो । अब ती समस्या हट्दा स्थानीय हर्षित भएका छन् उहाँले भन्नुभयो । गोरखा वेल्फेयरका आयोजना प्रबन्धक बेलबहादुर गुरुङका अनुसार आगामी जेठ १ गते दोर्दी गाउँपालिका वडा नं. ४ लामिडाँडाको ३९ घरधुरी र जेठ ८ गते वडा नं. ६ कृर्तिपुरका ३१ घरमा सम्पन्न घरेपिच्छे धारा हस्तान्तरण कार्यक्रम रहेको छ ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.