टानद्वारा लमजुङको उत्तरी पर्वतीय क्षेत्रको पर्यटन प्रवर्दन गर्नका लागि कार्यक्रम (फोटोफिचर)

ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल(टान)ले लमजुङको उत्तरी पर्वतीय क्षेत्रको पर्यटन प्रवर्दन गर्नका लागि कार्यक्रम गरेको छ । बुधबार दोर्दी गाउँपालिकामा कार्यक्रम गरी विभिन्न निर्णय समेत गरेको छ । विगत ४५ बर्षदेखि पर्वतीय पर्यटन क्षेत्रमा काम गर्दै आएको टानले गोरखाको अजिरकोट गाउँपालिका र लमजुङको पूर्वी उत्तरी क्षेत्रहरु, दोर्दी गाउँपालिका दुधपोखरी गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकालाई जोडी पर्वतीय पर्यटन प्रवर्दन गर्नका लागि विभिन्न छलफल गरी निर्णय गरेको टानका अध्यक्ष निलहरि बास्तोलाले बताउनुभयो । उहाँका अनुसार दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धहिमाल, हिमालचुली, ग्रेट लेक सकिट ट्रेलको लागि अजिरकोट गाउँपालिका, दोर्दी, दुधपोखरी र मस्र्याङ्दी गाउँपालिकाविच साझेदारी र सहकार्य गरी उक्त सकिट ट्रेल निर्माणको लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय गरिएको छ ।

यस्तै बुद्धहिमाल, हिमालचुली, ग्रेट लेक सकिट ट्रेल निर्माणका लागि दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको संयोजकत्वमा समन्वय समिति निर्माण गरिने निर्णय गरिएको छ । उक्त समितिको सदस्यहरुमा मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, अजिरकोट गाउँपालिका अध्यक्ष दिपक देपकोटा, दुधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ र टानका द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ रहनुहुने छ । यसैगरी बुद्ध हिमाल, हिमालचुली, ग्रेट लेक सकिट ट्रेल निर्माणका लागि अजिरकोट र दुधपोखरी गाउँपालिकाको सिमानामा राईनास नगरपालिका, दोर्दी गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकाको सिमानामा बेसीशहर नगरपािलका भएकाले राईनास र बेसीशहर साझेदारी र सहकार्य गर्नका लागि उक्त राईनास नगरपालिका, बेसीशहर नगरपालिका र नासो गाउँपालिका जोड्ने निर्णय गरिएको छ ।

कार्यक्रम दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, दुधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ, अजिरकोट गाउँपालिका अध्यक्ष दिपक देवकोटा, टानका अध्यक्ष निलहरि बास्तोलालगायत उपस्थितले आफ्नो ठाउँबाट पर्वतीय पर्यटन प्रवद्र्वनमा के के गर्न सकिन्छ भनि विभिन्न छलफल गरी सम्झौता पत्रमा हस्ताक्षर समेत गर्नुभएको टानको प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाइले बताउनुभयो । उक्त कार्यक्रममा दोर्दी, गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, दुधपोखरी गाउँपालिका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङ,अजिरकोट गाउँपालिका उपाध्यक्ष अनिता भुजेल, दोर्दी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सम्सेर गुरुङ, दुधपोखरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय, अजिरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज अवस्थी,टानका उपाध्यक्ष धनबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.