म्याग्दे गाँउपालिकाले हिड्डुल कार्यमा अरुको सहारा लिनुपर्ने पूर्ण अपाङता भएका व्यक्तिहरुको पहिचान गरि निजहरुको स्याहार सुसारमा खटिने सहयोगीलाई अतिरिक्त भत्ता उपलव्ध गराउने कार्यको थालनी गर्ने पालिकाको निति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
यसैगरि अपाङता तथा जेष्ठ नागरिक र अन्य तर्फ पालिकाले अपाङता भएको व्यक्तिहरुको सामाजिक समावेशीकरण एवं सेवा प्राप्तिमा सहज पहुचँका लागि गगाँउपालिका कार्यलय, वडा कार्यलय, सवै स्थानिय स्तरका विषयगत सरकारी कार्यलयहरुतथा सार्वजनिक शौचालयहरुलाई अपाङमैत्री वनाउदै लैजाने निति तथा कार्यक्रममा वताएको छ ।
यसैगरि गाँउपालिका भित्रका दुवै खुट्टा नभएका अपाङग व्यक्तिहरुलाई निशुल्क ह्वीलचेयर लगायत अन्य आर्थिक सहायता उपलव्ध गराउने भएको छ । अपाङगता भएको व्यक्तिहरुको परिचयपत्र वितरण कार्यविधि, २०७५ अनुसार अपाङता भएका व्यक्तिहरुको परिचयपत्र वितरण नियमित वितरण गरिनेछ ।
संघ र प्रदेश सरकारसँग सहकार्य गरि १ स्थानिय तह १ अपाङग तथा मानवमैत्री भवन निर्माण गर्ने तथा दिवा सेवा केन्द्रहरुमा आवश्यक सहयोग प्रदान गर्नेछ । ज्येष्ठ नागरिक दिवश, कानुनी सचेतना, अन्र्तक्रिया कार्यक्रम, सम्मान तथा दिवा सेवा संचालन गरिनेछ । ज्येष्ठ नागरिकलाई सम्मानपुर्वक वाँच्न पाउने हकलाई ग्यारेन्टी गर्न आश्रित परिवार सदस्यहलाई अनिवार्य जेष्ठ नागरिक सेवामा लाग्न उत्प्रेरित गरिनेछ । साथै ज्येष्ठ नागरिकलाई पालन पोषण नगरी दुख दिने व्यक्तिलाई सेवा रोक्का सहितको दण्डित निती लिईनेछ भने गाँउपालिका र वडा मार्फत सम्मान कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
मनोसमाजिक समस्या र मनोसामाजिक परामर्श कार्यशाला संचालन गरिनेछ भने अपाङता भएका व्यक्तिहरुको हकहित सम्वन्धि काम गर्न अपाङता हेल्प डेस्कको स्थापना गरिनेछ पालिकाको निति तथा कार्यक्रममा जनाईएको छ ।








