पाङ्दुरे/ साेरठी नाचकाे संरक्षणमा जुट्दै कुमाल समुदायहरु

नेपालकाे एक परम्परागत हराऊदै जान लागेकाे साेरठी/ पाङ्दुरे नाचकाे तनहुँकाे भानुनगर पालिकाका कुमाल समुदायहरु लागी परेका छन् ।   खासगरि गण्डकी र कर्णाली भेगमा बसाेवास गर्ने गुरुङ,मगर र कुमाल समुदायमा प्रचलित याे नाच हराउदै जान थालेकाे छ। देवि, देवता र पाैराणीक घटना र कथामा यस्ता नाचहरु अडेकाे पाईन्छ।  

दशै,तिहार,मेला पर्व ,विबाह,ब्रतबन्ध आदिमा यस्ता नाचहरु देखाउने प्रचलन रहेकाे पाईन्छ ।   भानु नगरपनलिका वडा नं २ कुमालगाउँ निवासि ७१ वर्षिय लालबहादुर कुमाल मादल,झुर्मा,छ्याईछ्याई लगायलका माैलीक बाजाहरुकाे प्रयाेग गरि समुहमा मादलकाे तालमा पुरुष महिलाको भेषमा महिला संगै समुहमा याे नाच नाचिने र यस नाचकाे संरक्षणमा लागिपरेकाे बताउछन् ।

भानु नगरपालिका निवासी हिरा कुमाल आफ्नाे पुरानाे संस्कृति जाेगाउदै नयाँ पुस्तालाई सिकाउन नाचकाे संरक्षणमा लागिपरेकाे बताउछिन्।    उता भानु ४ बस्ने मनिषा कुमाल १० वर्ष पछि नाचलाई लाेप हुन नदिन नाच प्रस्तुत गरिएकाे बताईन।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.