स्वास्थ्य कार्यालय तनहुँको आ.व. ०७९-८० मा सम्पादित कार्यक्रमहरुको अन्तरक्रिया सम्पन्न

स्वास्थ्य कार्यालय तनहुँले आयोजनामा मंगलवार आर्थिक वर्ष २०७९-८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पत्रकार तथा सरोकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवाबु अधिकारीले स्वास्थ्य कार्यालयले प्रदान गर्ने सेवा र सुविधाको बारेमा चर्चा गर्दै हरेक वर्ष जिल्लामा पूर्ण खोप घोषणा गर्दै जिल्लाका सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई एकै ठाउमा राखी आगामी बर्ष गरिने नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे ।

उनले आर्थिक वर्ष २०७९÷८० मा भएका कार्यक्रमको बारेमा चर्चा गर्दै आमा तथा बालवालिकाको पोषण सुधारका लागि अति विपन्न दलित र अपाङ्गता भएका सुत्केरी १ हजार ३८ जना आमाहरुलाई सुत्केरी पोषणभक्ता वितरण गरिएको, पारिवारिक तथा जानसांख्यिक लागत संकलन गरिएको खानेपानी आयोजनाको बातावरणीय लेखाजोखा तथा दशवटा स्थानिय तहको ७३ वटा निशुल्क खानेपानी नमुना परिक्षण गरिएको बताए । यसका साथै विषादीरहित खाद्यन्न तथा पोषणप्रवद्धन कार्यक्रम तथा बैदेशिक रोजगारमा जाने युवायुवतीहरुका लागि स्वास्थ्य सचेतनामुलक कार्यक्रम एवं स्वास्थ्य परिक्षण गरिएको बताए ।

नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले आर्थिक वर्ष सकिए लगतै कार्यालयले प्रगती विवरण एवं गरेका कामको बारेमा जानकारी दिनु आफैमा महत्वपूर्ण विषय भएको बताएका थिए ।

कार्यक्रममा जनस्वास्थ्य निरिक्षक मोहदत्त ढकालले तीन तहको सरकार अन्तर्गत स्थानिय तहले एक वर्षभित्र गर्ने काम तथा नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम र बजेटमा सम्पादित तोकिएको विभिन्न क्रियाकलापहरुलाई आवाधिक रुपमा सञ्चालन गर्दा के कस्ता समस्या र के कस्ता कामहरु सम्पादन भए भन्ने वारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रशासन अधिकृत पुष्प खनाल लगायतले जनताहरुलाई स्वास्थ्य संग सम्बन्धित सन्देश र सुचना प्रवाहमा सञ्चार माध्यमले प्रचारप्रसार गरी सहयोग गर्नुपर्ने बताएका थिए ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.