वर्ग के हो ?
(क) समाज भनेको व्यक्ति, सामाजिक समूह र सामाजिक सम्वन्धको कुल योग हो । यो श्रममा आधारित हुन्छ । किनभने उत्पादन विना समाज गतिमान हुन सक्दैन ।
(ख) उत्पादनका लागि समाजमा श्रम विभाजन हुन्छ । श्रम–वस्तु र श्रम साधनको संयुक्त रुप उत्पादन साधन हो । उत्पादनको साधनसँग स्वामित्वको प्रश्न गासिएको हुन्छ । स्वामित्व निजी वा सामाजिक हुनसक्छ ।
(ग) निजी स्वामित्वले सिमित व्यक्रि र सामाजिक समूहलाईसमृद्ध पार्दे जान्छ । अरु विपन्न हुदै जान्छन् र उनीहरुको वीचको सम्वन्धले नै सामाजिक संरचनाको निर्माण गर्दछ । सामाजिक संरचनामा वर्ग सवैभन्दा महत्वपुर्ण हुन्छ ।
(घ) वर्ग भनेको सामाजिक संरचना भित्र मानिसका साना–ठुला समूह हुन् । यिनलाई उत्पादन पद्धती तथा उत्पादन–सम्वन्ध, श्रमको भुमिका र समपतिको उनीहरुवीच वितरणको तरिका एवंम स्थितिले भिन्न भिन्न पार्दछ ।
(ङ) वर्ग संरचना सामाजिक श्रम विभाजन र उत्पादन-साधनमा निजी स्वामित्वको परिणाम हो ।
(च) सम्पतिको निजी स्वरुपले वर्गहरु उत्पन्न गर्दछ र उनीहरुवीच शत्रुतापूर्ण सम्वन्ध वनाउँछ । सम्पतिको सामूहिक वा समाजिक स्वरुपले वर्गहरुवीच मित्रता र सद्भाव वढाँउछ । तसर्थ समाजको वर्ग संरचना शत्रुतापूर्ण र मित्रतापूर्ण दुईखाले हुने गर्दछ ।
(छ) वर्गहरुवीचको भिन्नता सामाजिक उत्पादनमा उनीहरुको भुमिका र उत्पादनका साधनहरुसँग उनीहरुको सम्वन्धले निर्धारित गर्दछ र सीमारेखा कोर्दछ । समाजको आय कसले कति प्राप्त गर्दछ र कुन तरिकाले प्राप्त गर्दछ भन्ने कुरालेवर्गहरुवीचको सीमारेखालाई गाढा पार्दछ ।
(ज) आदिम साम्यवादी समाजको पतनको अवस्थामा समानयत दुई किसिमले वर्ग संगठन भएको थियो ।
– एउटै समुदायमा शोषणकारी समुहको निर्माणद्धारा
– युद्धवन्दीहरुलाई दासको रुपमा प्रयोद्धारा ।
(झ) लिंग, वर्ण, उमेर, पेशा आदिले विभिन्न समूह वनाए पनि ती आफैमा वर्ग होईनन् ।
(ञ) वुद्धिजीवि समुदाय कुनै वर्ग होईन–दास समाज, सामन्ती समाज, पूँजीवादी समाज वा समाजवादी समाज सवैमा यसको अस्तित्व हुन्छ । यो भिन्न भिन्न वर्गको प्रतिनिधित्व गर्ने समुदाय हो ।
(ट) जातीय समूह वर्ग होईन– वर्ग विशेषमा जाति विशेषको वाहुल्यता चाहि हुन सक्छ ।
(ठ) जनसंख्याको आधा भाग महिला आफैमा कुनै वर्ग होईन, तर वर्गीय उत्पीडनका साथै पुरुषको उत्पीडनमा पनि परेको हुन्छ ।
– माक्र्सवादी अध्ययनका लागि केही सन्दर्भ सामग्रीहरुवाट साभार ।







