श्रीकृष्ण द्वैपायन सत्संग मण्डप जेष्ठ नागरिक सत्संग समितिद्वारा शिव पाञ्चायन मन्दिर परिसर व्यास – ३ मा मंगलवार आमा, दिदी, बहिनीहरुको पुर्न मिलन कार्यक्रम सम्पन्न भएको छ।

हिन्दु नारीहरूको महान पर्व हरि- तालिका तिजको पूर्व सन्ध्यामा उक्त पुर्नरमिलन कार्यक्रम आयोजना गरिएको श्रीकृष्ण द्वैपायन सत्संग जेष्ठ नागरिक सत्संग समितिका अध्यक्ष प्रेम प्रकाश भट्टराईले बताउनु भयो । त्यस अवसामा उहाँले हिन्दु महिला हरुको महान पर्वलाई तडक भडक नगरि सरल तरिकाले मनाउन आग्रह गर्नु भयो । व्यासका अध्येता एवं नियमित सत्सङ्ग वाचक गुरू काशिनाथ न्यौपानेले पछिल्लो समय चाड पर्व मनाउने नाममा अनावश्यक तडक भडक बढेकाले यस्को अन्त्यकालागी सबै सजग भएर लागेर पर्वलाई पर्वकै रूपमा सामान्य रूपमा मनाउन आग्रह गर्नु भयो ।

समितिका समितिका सचिव कृष्ण वाग्ले आमा, दिदी, बहिनीहरुबिच मित्रताको डोटीलाई बलियो बनाउन र तिज पर्व सामान्य रूपमा पनि मनाउन सकिन्छ भन्ने उद्देश्यले पुनर्रमिलन कार्यक्रम आयोजना गरिएको बताउनु भयो । पछिल्लो समय चाड पर्व मनाउने नाममा तडक भडक र अनावश्यक फजुल खर्च गर्ने प्रवृत्ति बढ्दै गएको परिप्रेक्षमा सामान्य रूपमा पनि चाड पर्व मनाउने सन्देश यस पुनरमिलन कार्यक्रम उदाहरणीय बनेको समितिक कोषाध्यक्ष सृजना वाग्लेले बताउनु भयो।










