संविधान निर्माण भएपछि आफैले चमत्कार भने गर्ने नभई यसको सफल कार्यान्वयनबाट मात्रै देशको शुसासन अगाडी बढ्ने र संविधानको कार्यान्वयनमा विशेष जोड दिनुपर्ने तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले वताए ।
सो कुरा वाग्लेले दमौलीमा भएको कार्यक्रममा संविधान दिवसको अवसरमा अनसन चौतारीमा तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्ले ले वताएका हुन् । यसै क्रममा वाग्लेले नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तलन गरेका थिए । अनसन चौतारीबाट प्रभातफेरी सहित दमौली बजारको परिक्रमा गरिएको थियो । अनसन चौतारीबा ट सुर भएको प्रभातफेरीले सफासडक, मेनरोड, भोर्लेटार चोक, कालिका मार्ग हुँदै मालापोत लाइन भएर जिल्ला समन्वय समिति तनहुँमा पुगेर कार्यक्रम गरिएको थियो । जिल्ला समन्वय समिति तनहुँको भएको प्रवचन कार्यक्रममा तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले संविधान निर्माणको क्रममा तत्कालिन प्रधानमन्त्री स्वर्गिय शुशिल कोइराला, भर्खरै मात्रै पनि दिवंगत हुनुभएका तत्कालिन सभामुख सुवास नेम्वाङ, तथा तत्कालिन राष्ट्रप्रति डा रामबरण यादवको भूमिका महत्वपूण भएको बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले वर्तमान संविधनले तीन तहको सरकारको परिकल्पना अनुसार प्रदेश सरकार समेत सञ्चालन रहेको बताए । प्रदेश सरकार पनि आम जनताको पहुँचमा भएको सरकार भएको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिलामन्त्री दोवाटे विकले संविधानको सफल कार्यान्वयन आवश्यक रहेको बताए ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, व्यास नपा उपप्रमुख ईन्दिरा दरै, नेकपा एकीकृत समाजवादी पोलिटव्युरो सदस्य प्रतापलाल श्रेष्ठ, नेपाली कांग्रेस तनहुँका उपसभापति देव कुमार श्रेष्ठ, नेकपा एमाले तनहुँका उपाध्यक्ष हरिराज कडेल, एकीकृत माओवादी व्यास नगर कमिटी अध्यक्ष रामचन्द्र सापकोटा, रास्वपा तनहुँ संयोजक विकास सिक्देल, उद्योग वाणिज्य संघ तनहुँका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ लगायतले भनाई राखेको कार्यक्रममा स्वागत व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले गरेको कार्यक्रमको आदिकवि भानुभक्त क्याम्पस मानविकी तथा समाजशास्त्र ÷माानवशास्त्र विभाग प्रमुख विमल गिरीे सहजीकरण गरेका थिए ।









