तनहुँमा पनि छठ पर्व भव्यताका साथ मनाइयो

तनहुँ

एक दशक अगाडीसम्म तराई मधेसमा मात्रै मनाईने छठ पर्व पछिल्लो समय पहाडी जिल्लामा समेत धुमधामका साथ मनाउन थालिएको छ । आइतवार तनहुँमा पनि छठ पर्व मनाइएको छ । सुर्यलाई अर्घ दिने र छठी माताको पूजा आरधना गरि हर्षोल्लाशका साथ छठ मनाइएको हो । तनहुँको व्यास नगरपालिका ३ मादी नदि किनारमा अस्ताउदो सुर्यलाई अर्घ दिनको लागि भक्तजनको बाक्लोे उपस्थिती रहेको थियो । कात्तिक शुक्ल पक्षको चौथी तिथी देखि विधिीवत रुपमा शुरु हुने छठ पूजा सप्तमी तिथी सम्म चार दिन मनाइन्छ । छठ मनाउन मादी नदि किनार पुगेका मुन्ना रामले २२ बर्षदेखी दमौलीको व्यास क्षेत्र परिसरमा मादी नदि किनारमा छठ मनाउदै आएको बताए । विगतका बर्षहरुमा आफ्नो घरमा पुगेर छठ मनाउने प्रचलन रहेपनि पछिल्ला बर्षहरुमा भने आफ्नो कार्यस्थलमा नै छठ मनाउने क्रम सुरु भएको मुन्नारामको भनाई छ । भारतको मोतिहारी घर भई हाल दमौली बस्दै आएका अरुणकुमार गुप्ताले छठ आफुहरुको निकै महत्वपूर्ण चाड रहेको बताए ।

आइतबार परेको षष्ठी तिथीको दिन छठ पर्बको मुख्य दिन हो । यस दिनलाइ सँझिया घाटे भनिन्छ । ब्रतालुहरु आइतबार दिउँसोको समयमा नुहाइ धुवाइ गरि नयाँ चोखो बस्त्र पहिरेर छठ पूजाका लागि नदि , पोखरी , तलाय इत्यादि जलाशयमा तयार पारिएको छठीघाटमा जान्छन् । घरपरिवारका सबै सदस्य पनि नुहाइ धुवाइ गरि चोखो भइ नयाँ लुगा लगाएर छठीघाटमा पुगेका हुन् ।

सप्तमी तिथीका दिन बिहान सुर्य उदाउनु भन्दा पहिले नै ब्रतालुहरु सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद , फलफुल लिएर छठघाटको जलशायमा पस्छन् र सुर्य उदाउने क्रममा उनिहरुले सुर्य र छठीमातालाइ अर्घ दिन्छन् । सुर्यलाइ अर्घ दिए पछि छठघाटमै ब्रतालु महिलाहरुले एक अर्काको नाकको टुप्पा देखि सिउँदो सम्ममा सिन्दुर लगाइ दिन्छन् । त्यसपछि उनिहरु आ आफनो घर फर्किन्छन् ।उदाउदो सुर्यलाइ अर्घ दिएपछि छठ पर्ब विधिवत रुपमा समापन हुन्छ । यस दिनलाइ परना भन्ने चलन छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.