तनहुँको दमौली स्थित सफासडक लगायतका क्षेत्रमा पैदलयात्रीहरु फुटपाथको प्रयोग नगरी सडक बाट हिड्ने गरेको भन्दै ट्राफिक प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गरेको छ । । पैदलयात्रीलाई आवतजावत गर्नका लागि निर्माण गरिएको फुटपाथको प्रयोग नगरी अधिकांश मानिसहरु सडकबाटै आवतजावत गर्दा दुर्घटनाको ज्योखिम बढेको भन्दै ट्राफिक प्रहरी कार्यालय तनहुँले सचेतना कार्यक्रम गरेको हो । पैदलयात्रुले फुटपाथ र जेब्राक्रसको समेत प्रयोग कम गर्ने गरेको कारण जेब्राक्रस गरिदिनुहोला भनेर सचेतनामूलक कार्यक्रम गरिएको बताइएको छ ।

ट्राफिक प्रहरीले गरेको अभियान महत्वपूण भएको सफासडक टोल विकास संस्थाका अध्यक्ष कुमार मोहन श्रेष्ठले जानकारी दिए । पैदलयात्रीले सडकबाट नहिडी फुटपाथबाट हिड्दा दुर्घटनाबाट जोगिन सहयोग पुग्ने श्रेष्ठले बताए ।
बाईट यसरी सडक र जेब्राक्रसको व्यवास्ता गरि बाटो काट्दा दुर्घटनाको जोखिम हुने कारणले पैदलयात्री एवं आम सर्वसाधरणको सुरक्षाको लागि सचेतनामूलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी सहायक निरिक्षक विष्णु मगरातीले जानकारी दिए ।
दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरी कार्यालय तनहुँले व्यास नगरपालिका २ र ३ स्थित सफासडकमा फुटपाथ र जेब्राक्रसको प्रयोग गरी हिड्न आग्रह गर्दै बुधवार सचेतनामूलक कार्यक्रम गरेको हो ।








