नेकपा (एमाले) तनहुँको १० औ अधिवेशनको लोगो सार्वजनिक


नेपाल कम्युनिष्ट पार्टी(एमाले) तनहुँको १० औ अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी(एमााले) प्रचार विभागकोे आयोजना र प्रेस चौतारी नेपालको समन्वयमा आयोजित पत्रकार सम्मलेनमा केन्द्रिय सदस्य एवं तनहुँ ईन्चार्ज तिलक महतले लोगोको सार्वजनिक गरे ।
प्रचार विभाग प्रमुख प्रदिपराज अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा १० औ अधिवेशनको वारेमा प्रकाश पारेका थिए । अधिवेशनमा करिव ५६० जना प्रतिनिधी चयन हुने अधिकारीले वताए, यसैगरि प्रतिनिधीचयनमा ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधित्व रहने व्यवस्था गरिएको उनले वताए ।


कमिटीमा नै १५ प्रतिशत युवाको प्रतिनिधित्व हुनुले पनि एमाले युवा र परिवर्तनको संवाहक भएको नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वताए । एमाले कमिटी प्रणालीमा व्यवस्थित रुपमा चलेको हुदाँ एमालेको संगठन राम्रो भएको अध्यक्ष श्रेष्ठको धारणा रहेको थियो ।
पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य एवं तनहुँ ईन्चार्ज तिलक महतले पार्टीलाई थप मजवुत वनाउन केन्द्रिय कमिटीको ७ औ वैठकवाट सवै जिल्लामा अधिवेशन गर्न लागिएको वताए । अधिवेशनवाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न पहल गरिएको समेत वहाँको दावी दियो । नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास भएता पनि सहमति हुन नसकेमा लोकतान्त्रिक विधिवाट नेतृत्व चयन गरिने महतले वताए ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.