युवा संघ नेपाल, तनहुँको अध्यक्षमा सुरेन्द्र तामाङ

राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी तनहुँको दशौँ जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथिको रूपमा नेकपा एमाले केन्द्रीय सदस्य तथा युवा इन्चार्ज राजिव पहारी ले अधिवेशनका उद्घाटन गरेका थिए । प्रमुख वक्ताको रूपमा नेकपा एमाले केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज केदार सिग्देलले सम्बोधन गरेका थिए।

अधिवेशनले सुरेन्द्र बहादुर तामाङलाई जिल्ला कमिटीको अध्यक्षमा निर्वाचित गरेको छ। उपाध्यक्षमा शिव आले, सचिवमा सन्तोष राना, उपसचिवहरूमा मनिराज थापा र विकास ढकाल तथा कोषाध्यक्षमा सोमबहादुर तामाङ चयन भएका छन् ।

नयाँ गठित जिल्ला कमिटी ४५ सदस्यीय निर्माण गरिएको छ, जसमा विभिन्न क्षेत्रका युवाहरूलाई समेटिएको छ। प्रमुख अतिथि राजिव पहारीले युवा संघले मुलुकमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै युवाहरूलाई समाज परिवर्तनको अभियन्ता बन्न आह्वान गरे।

त्यस्तै, प्रमुख वक्ता केदार सिग्देलले नेकपा एमालेको संगठनलाई अझ मजबुत बनाउनका लागि युवा संघको महत्वपूर्ण भूमिका रहने बताए।

युवा सङ्घका जिल्ला अध्यक्ष मदन तिमल्सेनाको अध्यक्षतामा आयोजित अधिवेशनमा केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विभिन्न बक्ताहरूले संगठनलाई अझ प्रभावकारी बनाउने विषयमा धारणा राख्दै युवाहरूको सशक्त सहभागिता आवश्यक रहेको बताए।

नव-निर्वाचित अध्यक्ष सुरेन्द्र बहादुर तामाङले धन्यवाद ज्ञापन गर्दै संगठनलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। उनले युवाहरूको सक्रियता बढाउँदै सामाजिक, राजनीतिक तथा विकास निर्माणका गतिविधिमा अग्रणी भूमिका निर्वाह गर्ने योजना प्रस्तुत गरे। तनहुँ जिल्लामा युवा संघको सक्रियता बढाउँदै जनतासँग प्रत्यक्ष रूपमा जोडिने योजना अघि सार्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.