म्याग्देमा कोल्ड स्टोर्स भवनको उद्घाटन


म्याग्दे गाँउपालिका वडा नं ३, स्थित कोल्ड स्टोर्स भवनको उद्घाटन गरिएको छ । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको भएको कार्यक्रममा म्याग्दे कोल्ड स्टोर्स भवनको उद्घाटन गरिएको हो । आर्थिक वर्ष ०७९।०८० मा पहिलो चरणको कार्य सम्पन्न भएको कोल्ड स्टोर्सको निर्माण पासा कन्ट्रक्सन प्रा.लिले गरेको हो ।


भवनको उद्घाटन गर्दे पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कोल्ड स्टोर्सको निर्माण पछि कृषक लाभान्वित हुने विश्वास व्यक्त गरे । पालिकालाई आत्मनिर्भर वनाउनका लागी पहिलो आधार कृषि हो । कृषकको उत्पादनको सुरक्षा र वजारीकरणका लागी पालिकाले करोडौ खर्चेर कोल्ड स्टोर निर्माण गरेको छ । यसको भरपुर प्रयोग र्ने अवको आवश्यकता हो, श्रेष्ठले भने । कृषकले उत्पादित वस्तुको उचित वजारीकरण नहुदाँ कृषकले उत्पादन गरेको वस्तुले उचित मुल्य पाउन सकेन, जसका कारण कृषकले फसल उत्पादन गर्ने तर मुल्य नपाँउदा कृषि पेशा प्रति नै वितृष्णा जागेको वेलामा पालिकाको कृषकलाई लक्षित गरि कोल्ड स्टोर संचालन गरिएको अध्यक्ष श्रेष्ठले वताए । कोल्ड स्टोरको पुर्ण संचालनको लागी विभिन्न योजना समेत वनाईएको छ, उनले भने ।


यसैगरि पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले पालिकाको पहिलो प्राथमिकता कृषि रहेको वताए । जिल्लाको अन्य पालिकाले निर्माण गर्न नसकेको कोल्ड स्टोर्स म्याग्दे गाँउपालिकाले गरेको छ । पालिकाभित्र उत्पादित वस्तु निश्चित मुल्य लिएर स्टोर गर्न सकिन्छ । मुल्य पाँउदा विक्री गर्न सकिन्छ, कृषकप्रति जिम्मेवार भएर कोल्ड स्टोर निर्माण गरेका हौ, उपाध्यक्ष घिमिरेले वताए । फरक प्रसंगमा पालिकाका उपाध्यक्ष घिमिरेले पालिका भित्र राजनैतिक दलका नेतृत्वले नकारात्मक धारणा मात्र वनाउदाँ काम गर्ने जनतालाई नै वितृष्णा भएको हुदाँ तथ्यमा आधारित भएर वोल्न आग्रह गरे ।


प्रविधियुक्त विउ उत्पादन तथा कृषि प्रयोगात्मक केन्द्र निर्माण योजनाको दोश्रो चरणमा सम्पन्न गरिएको योजना आर्थिक वार्ष ०८०।०८१ मा वि.आर. कन्सट्रक्सन व्यास २ ले निर्माण गरेको हो । कुल २ करोड छयासी हजार आठ सय वयासी रुपैयामा निर्माण सम्पन्न भएको परियोजनामा ३०० मेट्रिक टन फसल राख्न सकिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए । सो अवसरमा पालिका भित्रका विभिन्न राजनैतिक दलका नेतृत्वहरुले धारणा राखेका थिए ।


यसैवीच सोहि अवसर सुर्य नेपाल प्रा.लि.ले म्याग्दे गाँउपालिकालाई कृषि एम्वुलेन्स हस्तान्तरण गरेको छ । कृषकले उत्पादन गरेको वस्तुलाई ओसारपसार गर्न, वजारीकरण गर्न सहयोग होस भनेर एम्वुलेन्स हस्तान्तरण गरिएको सुर्य नेपालले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.