नेपाली लेखक संघ तनहुँले भानु जयन्तिको अवसर पारेर असार २८ गते रामायण वाचन कार्यक्रम गर्ने

नेपाली लेखक संघ तनहुँ भानु जयन्तिको अवसर पारेर असार २८ गते रामायण वाचन कार्यक्रम गर्ने नेपाली लेखक संघ तनहुँले नेपाली भाषाका एकिकरणकर्ता राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ति को अवसर पारेर यहि असार २८ गते रामायण वाचन कार्यक्रमको आयोजना गर्ने भएको छ । दमौली स्थित बालमन्दिर माध्यमिक विद्यालयमा विहान रामायण वाचन कार्यक्रम गर्ने निर्णय भएको नेपाली लेखक संघ तनहुँका निवर्तमान अध्यक्ष एवं केन्द्रिय सदस्य गौकुमारी न्यौपानेले बताइन् ।

नेपाली लेखक संघ तनहुँका अध्यक्ष शंकरराज नहर्कीको अध्यक्षतामा शनिवार दमौलीमा बसेको बैठकले उक्त निर्णय गरेको संस्थाका सचिव अञ्जना तिमिल्सेनाले बताइन् । नेपाली लेखक संघका उपाध्यक्ष कृष्णहरी गैह्रे, कोषाध्यक्ष श्रीकान्त घिमिरे सदस्य महेन्द्रराज शर्मा लगायत अन्य पदाधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।

नेपाली लेखक संघ तनहुँका अध्यक्ष शंकरराज नहर्कीले नयाँ पुस्तालाई रामायणको महत्व बुझाउन कार्यक्रमको आयोजना गरिएको बताए ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.