सम्झना

शार्दूलविक्रीडित छन्द

१. आएकी कवि कल्पना बगलमा छौ सत्य हौ सम्झना गाढा आस्तिक प्रेम आज भरियो उत्कृष्ट छौ रञ्जना पढ्दा अक्षर एक एक पढियोस् विस्तारमा के भनूँ नाता एक लगाउने रहर हो, मर्जी मिलोस् के बनूँ ? २. यो भान्सा जुन पस्किँदा हजुरले चौरास यी व्यञ्जन चोखो हार्दिक प्रार्थना हजुर कै ताजा मनोरञ्जन पाएको पलमा प्रफुल्लित बनें आचार आरक्षण सुन्दा वाचन भन्न थाल्छ मनले होस् प्रेमको रक्षण । ३. आए अक्षर चाखले हरफमा बस्ने इरादा गरी गर्छिन् वाचन काव्यको अब भनी जो प्राण भर्छिन् परी पर्दा आपत द्रव्य साथ मनले दिन्छिन् भरोसा भनी नाडी छाम्न नपाउँदै खुस भयो आभास बुझ्दा मणि । ४. आओस् उत्तर स्वस्थ सौम्य दिलको होस् प्रष्ट विस्तारमा श्रष्टा गर्छ विमर्श शान्त मनले झुक्दै नमस्कारमा झण्डा बोक्तछ चन्द्रसूर्य कविले सर्वोच्चको टाकुरा चढ्दाको पलमा म विस्मृत भएँ, उम्री रहे आँकुरा । ५. मागेको कविले छ याे अचमले आनन्दको आसन बस्ने ढुक्क भएर मिल्दछ भने होस् मौनमा वाचन पस्ने अङ्ग सबै तरङ्ग मनमा इच्छा छ के सम्झना ? भन्दा हुन्छ खुलस्त मेल बलियो पार्ने छ के याेजना । ६. पग्ल्यौ वा हुन के गयो हजुरका प्रत्यङ्ग राजी बने वा याे मूर्ख मिलेर धूर्त कवि यो छ्या छ्या र छि: छि: भने जम्मै खोल कुरा भन्यो कि मनले जम्मै लुकाऊ भन्यो भेट्ने चाख छ झाङ्गिदै अब कि वा निस्तेज जस्तो बन्यो ? ७. कोठी एक सफा चिटिक्क कसरी जो गोप्यको देखियो आत्मा सुन्दरमा विशिष्ट छ दया भन्ने कथा लेखियो सुन्दा वाचन मन्त्र मुग्ध म भएँ जो प्रेम गाढा बस्यो एक्लो पर्छ भने कवि अचम याे, के पाे भयो लौ फस्यो । ८. लेख्ने मात्र छ काम आज कविको आयो जसो देखियो देखेकाे सब लेख्छ सत्य कविले जस्तो छ जे लेखियो मीठो वाचन शुद्ध शान्त बुझियो शङ्का सबै मेटियो भन्ने गर्दछ आत्मले किन सधैँ साथी खुला भेटियो । ९. भन्थे ज्योतिषले कुनै दिन थियो मिल्छिन् भनी सम्झना शङ्का हुन्छ विमाख जो सुरु हुँदा याे प्रेममा रञ्जना निम्तो निश्चय पस्कने नियतमा राजी भइन् सम्झना भन्छन् स्वागत गर्छु शुद्ध मनले यस्तै थियो कल्पना ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.