व्यास नगरपालिकाको ३ वर्षे कार्यकालका उपलव्धीहरु सार्वजनिक

व्यास नगरपालिकाले ३ वर्षे कार्यकालमा भएको उपलव्धीहरु सार्वजनिक गरेको छ । व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले पत्रकार सम्मेलन गरि आफनो ३ वर्षे कार्यकालमा भएको गतिविधि सार्वजनिक गरेका हुन् । जसमा नगरसभा, कार्यपालिका, वडा समिती लगायतका विषयगत समितीहरुको सवै निर्णयहरु सर्वसम्मत भएका छ । वडा नं ६, १३ र १४ वडा कार्यलयको भवन निर्माण सम्पन्न भएका छन् भने व्यास ११ मा चिस्यान केन्द्र सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

यसैगरि वैरेनिमा जग्गा विकास आयोजना सम्पन्न हुने चरणमा रहेको छ । व्यास १० मा दुम्सिचौरमा नारेश्वर तालको वाँध निर्माण सम्पन्न भएको छ । यसैगरि व्यास नगरपालिकामाअभिभावक विहिन वालवालिकाका लागि आवास सहितको समता विद्यालय व्यास ७ शेराटारमा संचालन गरेको छ भने सामुदायिक विद्यालय सुधारका कार्यहरुचलिरहेको जनाएको छ । वडा नं १,२,३,४,५,६,७,९,१०,११ र १३ को वडा कार्यलय जाने वाटो कालोपत्रे गरिएको छ भने व्यास नगर अस्पताल व्यास १० दम्सी वजारमा निर्माण सम्पन्न गरिएको छ ।विश्व वैकको सहयोगमा व्यास ११ को घाँसीकुवा देखि वडा नं १०,९ हुदै वडा नं ७ कोकलेस्तीमा जोडिने १०।५० किमी सडक निर्माणाधिन रहेको नगरपालिकाले जनाएको छ । व्यास १ र २ जोड्ने करङकाठ वस पार्कमा मोटरवल पुल सम्पन्न भएको छ भने एडीविको सहयोगमा नगरपालिकालाई करप्रणाली, आवधिक योजना निर्माण र मध्यकालिन खर्च संरचना निर्माण परियोजना चलिरहेको जनाएको छ ।

व्यास–परासर क्षेत्र, मानुङकोट, गलेखामकोट, तनहुँसुर, छाव्दी वराहीलगायतका पर्यटकीय क्षेत्रको विकासमा लगानी गर्दे गण्डकी प्रदेस सरकारसँगको सहकार्यमा व्यास १४ रुम्सी गाँउलाई नमुना गाँउ निर्माण भएको छ । महिला, दलित, अपाङता क्षेत्रमा नेतृत्व विकास, क्षमता विकास लगायतका कार्यहरु भईरहेको छ भने मेडपा, सामी, प्रधानन्त्री रोजगार जस्ता कार्यक्रम, संघ, प्रदेश सरकारसँग सहकार्य गरि उदमशीलता, सुरक्षित रोजगारी र ग्रामीण विकासका कामहरु भएको नगरपालिकाले जनाएको छ । कुहिने फोहर र नकुहिने फोहरको वर्गिकरण गरि आय आर्जन गरिएको समेत नगरपालिकाले जनाएको छ । नगरपालिकाका चुनौतीहरु । यसैगरि नगरपालिकाले यस अवधिमा भएका चुनौतहरु समेत सार्वजनिक गरेको छ । जसअन्तरगत, फोहर मैलाव्यवस्थाहनका लागि सरसफाई केन्द्र स्थापनाका लागि जग्गा खरिद गर्ने कार्य सम्पन्न हुन नसक्नु, संघ, प्रदेशको अनुदान, खानेपानी, सडक योजनाहरुमा आउनुपर्ने कम कम आउने वा नआउने हुन, ३ वर्ष अवधिमा चार जना प्रमुख प्रशासकीय अधिकृत फेरिनु, योग्य र ईमान्दार कर्मचारीको दरवन्दी अनुसार पदपूर्ति हुन कठिनाई हुनु, ३३ वर्ष देखिको जोडिदै आएको वेरुजु रकमलाई रुजु गर्न कठिनाई हुनु, संघ, प्रदेशका जनप्रतिनिधीहरुसँग समन्वयको अभावमा विकास प्रक्रिया अपेक्षित उपलव्धि हुन नसक्नुलाई चुनौतीको रुपमा सार्वजनिक समेत गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.