नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधी सभा क्षेत्र नं २, तनहुँले यहि फाल्गुण २१ गते हुने प्रतिनिधीसभाको निर्वाचनको लागी केदार सिग्देल र किरण गुरुङ सहित ११ जनाको नाम सिफारिश गरेको छ ।

निर्वाचन समन्वय कमिटीको अध्यक्ष राजेश्वर ढकालको अध्यक्षतामा भएको वैठकले सिग्देल र गुरुङ सहित ११ जनाको नाम सम्वन्धित कमिटीमा पठाउने निर्णय गरेको हो ।

वैठकले केदार सिग्देल, किरण गुरुङ, नारायण खनाल, हरिराज कडेल, राजेश्वर ढकाल, रत्ना देवी घिमिरे, वावुराम सुनार, चन्द्रकला पौडेल, विष्णु अधिकारी पराजुली, रामचन्द्र उपाध्याय, नरेन्द वाग्ले सिफारिश भएका छन् ।

वैठकमा प्रमुख अतिथी पार्टीका केन्द्रिय सदस्य केदार सिग्देल, जिल्ला अध्यक्ष हरिराज कडेल, पुर्व अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सम्वोधन गरेका थिए ।








