नेपाल कम्युनिष्ट पार्टी (एमाले ले तनहुँको ईन्चार्जमा केदार सिग्देललाई जिम्मेवारी दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को वैठकले पार्टीको प्रदेश र जिल्ला समन्वय गर्न ईन्चार्ज तोक्ने निर्णय अनुरुप तनहुँको ईन्चार्जको जिम्मेवारी सिग्देललाई दिईएको हो ।
यसैगरि वैठकले गण्डकी प्रदेश ईन्चार्जमा खगराज अधिकारी, कास्की जिल्ला ईन्चार्जमा कृष्ण थापा, पर्वतमा पदम गिरी, वाग्लुङमा मन कुमारी जिसी (केसी) म्याग्दीमा थममाया थापा, मुस्ताङमा चन्द्रमोहन गौचन, लमजुङमा जमिन्द्रमान घले, गोर्खामा रामशरण वस्नेत, नवलपरासी पश्चिममा तिलक महत र स्याङजामा सीमाकुमारी क्षेत्रीलाई जिल्ला ईन्चार्जको जिम्मेवारी दिएको छ ।






