नागरिकता विधेयकमा गठवन्धन सरकारले राष्ट्रघात गरेको छ । केदार सिग्देल

प्रतिनिधीसभाका सदस्य एवं तनहुँ क्षेत्र नं २ का सासंद केदार सिग्देलले नागरिकता विधेयकमा गठवन्धन सरकारले राष्ट्रघात गरेको वताएका छन् । थर्पु वजार खानेपानी उपभोक्ता समितीको २३ औ साधारणसभा तथा छैटौ अधिवेशनलाई सम्वोधन गर्दे सासंद सिग्देलले सो कुरा वताउनुभएको हो ।


एमसीसीको व्यवहारिक कार्यन्यनले यो देशको हित र अहितमा हुने प्रष्ट हुने वहाँले वताए । नागरिकता विधेयकमा नेकपा (एमाले)को गम्भिर आपत्ति र विरोधका वीचमा पनि गठवन्धन सरकारले पुन राष्ट्रपतिकहाँ पठाएर राष्ट्रघात गरेको समेत वताए । नागरिकतामा विदेशी चेलीले नेपालमा विहे गरि आउने वित्तिकै नेपाली नागरिकता पाउने तर नेपाली चेलीले विदेशमा विहे गरि जाँदा ७ वर्ष सम्म पनि निवेदन दिन नपाउनुमा असमानता भएको वताए । जसले नागरिकताका विधेयकको विरोधमा सवैभन्दा चर्को नारा र सडक तताए, उनिहरु नै नागरिकता विधेयक पास गर्न कम्मर कसेर लागे, यो भन्दा दुखद के हुन सक्दछ ? यसले भविश्यमा नेपालको सार्वभौमसत्तामा असर गर्ने सासंद सिग्देलले वताए । गठवन्धन सरकार देश र जनताप्रति उत्तरदायी नभएको समेत वहाँले वताए ।


आफु सधै जनताको समस्यामा साथ रहने वताउनुभएको छ । लामो समयसँग जनतासँगै हिडेको छु । जनताको आम समस्यामा म सधै संवेदनशील छु, सासंद सिग्देलले वताए । खानेपानी समितीको अध्यक्ष शेरकुमार मल्लको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी सासंद सिग्देलले जनप्रतिनिधी भएर आफुले आफनो कर्तव्य पुरा गरेको समेत वताए । आवश्यकताको आधारमा विकास निर्माण, खानेपानी, आधारभुत आवश्यकता र जनचासोको विषयमा आफुले सकेको भुमिका खेलेको समेत दावी गरे । देशलाई युवाको आवश्यकता भएको हुदाँ युवा पुस्ता उत्पादनमा जोडिन आग्रह गरे, उत्पादन नभए दैनिकी वस्तु खरिद गर्दा पैसा विदेशिन्छ, अत देशमा नै कर्म गर्नुको विकल्प छैन, सासंद सिग्देले वताए ।


देशको उर्वरता राम्रो छ । थोरै परिश्रमले पनि उत्पादन हुने भुमि हामीसँग छ । तर हामी उत्पादनमा जोडिन चाहदैनौ, विकासका लागी वजेटको अभाव छैन, तर खर्च नहुने परिपाटी चर्को छ । सासंस सिग्देलले भने ।
कार्यक्रममा म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाँउपालिका आम जनताकको समस्या समाधानमा सधै लागिपर्ने वताए । विकास र जनता एकअर्काको परिपुरक भएको हुदाँ सवैको साथ र सहयोगले नै पालिका वनाउन सकिने वताए ।
थर्पु वजार खानेपानी उपभोक्ता समितीको २३ औ साधारणसभा तथा छैटौ अधिवेशनवाट नयाँ नेतृत्व चयन हुने संस्थाले वताएको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.