धयरे
म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले पालिकाद्धारा आयोजित शिविरले आम म्याग्देवासी जनतामा उत्साह र राहत दिएको वताउनुभएको छ । वडा नं ३ को जनगणपति माध्यामिक विद्यालयमा भएको शिविरमा सहभागीहरुलाई सम्वोधन गर्दे वहाँले सो कुरा वताउनुभएको हो ।

पालिकावाट विभिन्न प्रकारका आम जनतासँग सरोकार राख्ने सेवा दिईएको र त्यो सेवा जनताले सहज तवरवाट घर आँगन र टोलवाट नै पाएको हुदाँ गाँउपालिकाले त्यसलाई सकारात्मक रुपले ग्रहण गरेको वताउनुभयो । आम जनताको समस्यामा गाँउपालिका सदैव सहयोगी वन्ने भएको हुदाँ सवेलाई आफनो पायक पर्ने स्थानमा आउने घुम्ति शिविरवाट सेवा लिन आग्रह समेत गर्नुभयो । जनताको उल्लेख्य सहभागिताले पनि शिविर अत्यन्त फलदायी भएको समेत उपाध्यक्ष घिमिरेले वताउनुभयो ।

एकिकृत घुम्ती शिविर अन्र्तगत कृषि सेवा, पशु सेवा, महिला विकास अन्तर्गत जेष्ठ नागरिक र अपाङ्ग परिचय पत्र वितरण, योजना सम्झौता, पञ्जिकरण र स्वास्थ्य सेवा तर्फ बहिरङ्ग सेवा जसमा विरामीहरुको स्वास्थ्य परिक्षण, उपचार तथा औषधि वितरण, प्रयोगशाला सेवा जसमा रगतमा ग्लुकोज परिक्षण, महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण, कोभिड १९ बिरुद्धको खोप सेवा, आयुर्वेद स्वास्थ्य सेवाहरु दिईएको पालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा पालिका अगामी दिनमा पनि सधै सँगै हिडने पनि वताउनुभयो ।

आज छैटौ दिन सम्ममा वडा नं. १ को मान्हौँ, गुणादी र बाख्रे ३ स्थान, वडा नं. २ को गुञ्जारा, जामुने, ऋषिथुम र पिपलडिही ४ स्थान र वडा नं. ३ को किलचोक र बेलटार र जनगणपति मावि मा सम्पन्न भइसकेको छ । यहि असोज २ गते देखि शुरु भएको घुम्ति शिविर असोज ३१ गतेसम्म चल्ने पालिकाले जनाएको छ ।















