व्यास नगरपालिका वडा नं ५ को वडा कार्यलयमा नियमित रुपमा कराते तालिम हुने भएको छ । व्यास नगरपालिका वडा नं ५ को आयोजना र नेपाल सितोरियो कराते संघ तनहुँको समन्वयमा शुरु हुने कराते तालिमको व्यास नगरपालिका खेलकुद संयोजक एवं व्यास ६ का वडाध्यक्ष कुमार गुरुङले एक कार्यक्रमका वीच उद्घाटन गरे ।

वालवालिका तथा युवा युवतीको लागी कराते तालिमको व्यवस्था गरिएको व्यास ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले वताए । स्वास्थ्यका लागी खेलकुद अत्यन्त आवश्यक रहेको हुदाँ कराते तालिमवाट व्यास ५ का स्थानिय वडावासी वालवालिका प्रत्यक्ष लाभान्वित हुने वडाध्यक्ष श्रेष्ठले वताए ।
यसैगरि प्रमुख अतिथी गुरुङले वालवालिका भोलिको कर्णधार भएको हुदाँ कराते तालिमले वालवालिकाको वृद्धि विकासमा टेवा पुग्ने वताए । आजको आवश्यकता नै स्वास्थ्य हो, स्वास्थ्यका लागी खेलकुद अभिन्न अंग भएको हुदाँ स्वास्थ्य शरिरले मात्र समाज रुपान्तरण गर्न सकिने वहाँको भनाई रहेको थियो । खेलाडी देशको नै गहना भएको हुदाँ कराते खेलमा उत्प्ररित गर्नका लागी अभिभावकको मुख्य भुमिका रहेको हुदाँ सहयोग गर्न अनुरोध गरे ।

यसैगरि गण्डकी प्रदेश कराते महासंघका अध्यक्ष मनिराज थापाले कराते खेलले देशको नै नाम राखेको हुदाँ आजको वालवालिकाले भोलि देशको लागी नै योगदान गर्न सक्ने वताए । कराँतेमा नेपालले अन्तराष्ट्रिय प्रतिष्पर्धा गरेर विभिन्न पुरस्कार हासिल गरेको छ । अथक प्रयास र निरन्तरको सिकाईले वालवालिकामा आत्माविश्वास वढ्ने, निरोगी हुने र समाजीक योगदानमा टेवा दिन सक्दछ, थापाले भने । कराते महासंघले वालवालिकामा खेलकुदप्रति विभिन्न सहयोग गर्दे आएको हुदाँ महासंघ हरेक सहयोग गर्न तत्पर रहेको समेत वहाँले वताए ।

व्यास ५ का वडासदस्य सुन्दर वाग्लेले स्वागत गरेको सो उद्घाटन कार्यक्रम वडासदस्य खिम वहादुर थापाले संचालन गरेका थिए भने कार्यक्रममा स्थानिय अगुवा विश्वास केसी लगायतले आफनो धारणा राखेका थिए ।
वडा कार्यलयको आर्थिक सहयोगमा शुरु भएको कराते तालिममा १०० जना भन्दा वालवालिकाहरुको सहभागिता रहने आयोजकले विश्वास लिएको छ ।
