म्याग्दे गाँउपालिकाद्धारा वजार अनुगमन (तस्विरहरु सहित)

विजयादशमी तथा दीपावलीको अवसर पारेर म्याग्दे गाँउपालिकाद्धारा वजार अनुगमन गरिएको छ । गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको नेतृत्वमा जामुने वजारको १४ पसलमा अनुगमन तथा निरिक्षण गरिएको हो


खाद्य तथा गुणस्तर विभाग तनहुँका प्राविधिक सहायक सन्तोष थापा मगर, पालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारी, लेखा अधिकृत नवराज पोख्रेल, योजना शाखाका प्रमुख श्रीराम खनाल, स्वास्थ्य चौकीका प्रमुख उदयराज पौडेलको उपस्थितीमा वजारमा अनुगमन गरिएको हो ।


जामुने वजारका सन्तोष एण्ड सुरज सप्लायर्स, नमस्ते रितिका स्टोर्स लगायतका पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनका क्रमममा मासु पसल, किसाना पसल, औषधी पसलमा अनुगमन गरिएको थियो । सो क्रममा हार्लिक्स, घिउ, कुरकुरे, चाउचाउ, चकलेट, विस्कृट, चुईगम, प्याकिङ्ग वस्तुहरु लगायतका खाद्य वस्तु भेटिएको र त्यसलाई जफत गरि प्रहरीको रोहवरमा नष्ट गरिएको थियो ।


यसैगरि जामुनेमा रहेको जामुने फार्मेसीको अनुगमनमा म्याद गुज्रिएका औषधी पाईएका थिए । औषधी जस्तो संवेदनशिल विषयमा समेत म्याद गुज्रेका र म्याद रहेका औषधी सँगै राखेको पाईएपछि त्यस्ता औषधीको जफत गरिएको र अगामी दिनमा पुन यस्तो गरेमा कारवाही गरिने पालिकाले जनाएको छ । वजार अनुगमन नियमित भएको र भोलिका दिनमा समेत अनुगमनलाई निरन्तरता दिने कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.