व्यास–५, चिन्तुटार
नेपाल कम्युनिष्ट पार्टी (एमाले) व्यास ५ वडा कमिटीले घरदैलो कार्यक्रम शुरु गरेको छ । यहि मंसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गरि कमिटीले चिन्तुटारमा घरदैलो कार्यक्रम शुरु गरेको हो ।
नेपाल कम्यनिष्ट पार्टी (एमाले) तनहुँ ले क्षेत्र नं २ मा पुर्व वनमन्त्री तथा पुर्व गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङलाई चुनावी मैदानमा उतारेको छ भने प्रदेश (क) मा श्यामराजा महतलाई उतारेको छ । घरदैलो कार्यक्रममा जनतालाई सुसुचित गराउने, मतदान गर्न सिकाउने र धेरै भन्दा धेरै पार्टीका पक्षमा मत खसाल्ने अभियानमा लागिएका कमिटीका उपसचिव यम वहादुर विकले वताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नै देश र जनताको पक्षमा काम गर्ने पार्टी भएको र एमालेले मात्र देश विकास र समृद्ध वनाउन सक्ने हुदाँ सुर्य चिन्हमा मतदान गरि पार्टीलाई जिताउन घरदैलो कार्यक्रम गरिएको उपसचिव विकले वताए ।
सोही क्षेत्रवाट नेपाली काग्रेसवाट क्षेत्र नं २ मा पुर्व वनमन्त्री शंकर भण्डारी र प्रदेश (क) मा सत्ता गठवन्धनका तर्फवाट माओवादी केन्द्रका राजेन्द्र केशरी न्यौपानेले प्रतिस्पर्धा गर्देछन् ।







