रिसिङ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) क्षेत्र नं २ का प्रतिनिधीसभाका उम्मेदवार किरण गुरुङले विकास निर्माणमा महत्वपुर्ण भुमिका खेलेको वताएका छन् । ओलीको सरकार वनेपछि देशमा उल्लेख्य विकास निर्माणको गति अगाडी वढेको तर परमादेशको सरकार आएपछि राष्ट्रिय गौरवको योजनामा समेत विकास वजेट काटेको वताएका छन् । चुनावी दौरानमा रिसिङमा आयोजित भेलामा गुरुङले सो कुरा वताउनुभएको हो ।

गण्डकी प्रदेशको अर्थमन्त्री भएर तनहुँमा उल्लेख्य मात्रामा विकास निर्माण, पुल पुृलेसा, खानेपानी र पर्यटनका क्षेत्रमा वजेट विनियोजन गरेको छु । जनताको जुन आशा र विश्वास थियो, त्यसमा ठेस पुरयाउने कुनै काम गरेको छैन । जनताको विश्वास नै आफनो सम्पति भएको हुदाँ अव पुन नेकपा (एमाले) लाई वहुमत दिलाएर सुखी नेपाली समृद्ध नेपाल वनाउने काममा भुमिका खेल्न समेत आग्रह गरे ।

त्यसैगरि कार्यक्रममा प्रदेश (ख) का उम्मेदवार केदार सिग्देलले नेकपा एमालेको सरकारले गरेको कामलाई निष्पक्ष भएर हेर्न आग्रह गरे । एमालेको सरकार हुदाँ विकास निर्माणमा खेलेको भुमिका र अहिलेको परमादेशी सरकारको कामलाई तटस्थ भएर हेर्नुहोस, फरक पाउनुहुनेछ, सिग्देलले वताए । एमाले सँधै जनताको साथमा भएको हुँदा फेरि पनि क्षेत्रमा विकास निर्माण र समृद्ध वनाउन एमालेलाई जिताउन आग्रह गर्नुभयो ।

चुनावी अभियानका क्रममा प्रतिनिधीसभाका उम्मेदवार किरण गुरुङ र प्रदेशसभाका उम्मेदवार केदार सिग्देल रिसिङ गाँउपालिकाको मधुवनटार, पिपलटार, राम्जाकोट, गोठादी, सपाङदी र घिरिङको वनडाँडामा घरदैलो कार्यक्रममा थिए ।











