आशिष पौडेल
व्यास नगरपालिका -१ भादगाउँ
तनहुँ व्यास नगरपालिका -१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसको प्राङ्गणमा सोही क्याम्पसको युवा रेडक्रस सर्कल द्वारा आयोजित गरिएको र जिल्ला निर्वाचन कार्यालय तनहुँ साथै आदिकवि भानुभक्त क्याम्पसको व्यवस्थापनमा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ ।
आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उदेश्यले सोमबार क्याम्पसको प्राङ्गणमा नमुना मतदान गरीएकाे क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताउनुभयो ।
उक्त नमुना मतदान कार्यक्रममा निर्वाचन अधिकृतको रूपमा सोही क्याम्पस रेडक्रस सर्कलको अध्यक्ष सुनिता तिवारी र अन्य विद्यार्थीको अग्रिम भुमिकामा सम्पन्न यस नमुना मतदान कार्यक्रममा मतदानको उचित प्रयोग गर्ने र आफ्नो अधिकारको वाञ्छनीय उपयोग गर्ने उद्देश्य साथ संचालन गरिएको थियो ।







