म्याग्दे, तनहुँ
म्याग्दे गाँउपालिकाले भुमिहिन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई निस्सा वितरण शुरु गरेको छ । कार्यक्रमको पहिलो दिन म्याग्दे गाँउपालिका वडा नं १ का वडाध्यक्ष मणिभद्र वाग्लेको अध्यक्षतामा, गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता र उपाध्यक्ष वालकृष्ण घिमिरे, राष्ट्रिय भुमि आयोगको जिल्ला सदस्य सर्वदा खनाल घिमिरेको विशिष्ट आतिथ्यतामा वडाले भुमिहिन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई निस्सा वितरण गरेको हो ।

म्याग्दे गाँउपालिका भरी कुल अव्यवस्थित वसोवासीमा ११५३ जना, भुमिहिन सुुकुम्वासी ६५ जना, भुमिहिन दलित ८५ जनाले फर्म भरेका मध्ये म्याग्दे–१, मा अव्यवस्थित तर्फ ११७ जना, भुमिहिन सुकुम्वासी तर्फ १५ जना र भुमिहनि दलित तर्फ २५ जना गरि कुल १५७ जनालाई निस्सा वितरण गरिएको हो ।

लगत संकलन कार्यविधिीको अनुसूचि ३ र ४ वमोजिमको फारम भरिसकेपछि निवेदन दर्ता भएको जानकारी स्वरुप अनुसूचि ६ वमोजिमको निस्सा भरि उपलव्ध गराउनुपर्ने व्यवस्था रहेकोमा उक्त निस्सा वितरण गरिएको गाँउपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जग्गा प्राप्तिको लागी शुरुवाती चरण शुरु भएको वताउनुभयो । अव सुकुम्वासी र भुमिहिनलाई जग्गाको स्वामित्व दिलाउने कामको शुरुवात भएको छ । अव प्रक्रिया अन्र्तगत अन्य काम हुनेछ । निस्सा वितरणको आधारमा नै काम अगाडी वढ्ने हुदाँ अव जग्गाको नाँपजाँचको काम शुरु हुने वताए । यो कार्यक्रम पहिला देखी नै शुरुवात भएता पनि सरकारको अस्थितरताका कारणले मुर्त रुप नपाएको हुदाँ जहाँ सम्म कामको प्रक्रिया पुगेको छ, त्यहिवाट शुरु हुने हुदाँ नआत्तिन आग्रह गर्नुभयो ।

यसैगरि विशिष्ट अतिथी पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले पालिकाले विभिन्न गतिविधी गर्दे आएको वताउनुभयो । निस्सा वितरणका शरुवात पहिला नै गर्न लागिएको भएता पनि निर्वाचनका कारण रोकिएको हुदाँ ढिलो भएको वताउनुभयो । पालिकाले जग्गाको वर्गिकरण पनि सकेको र केही समय पछि जग्गाको समस्या समाधान हुने समेत वताउनुभयो । पालिका जनताको आवश्यकतालाई मध्यनजर गरेर कार्यक्रम ल्याएको हुदाँ सकारात्मक सुझावको अपेक्षा राखेको समेत वताउनुभयो ।

यसैगरि राष्ट्रिय भुमि आयोगको जिल्ला सदस्य सर्वदा खनाल घिमिरेले तनहुँमा भुमि आयोगको काम प्रभावकारी ढंगले अगाडी वढेको वताउनुभयो । आयोगको काम निर्वाचनका कारण ढिलाई भएता पनि अव सरकारले यो समस्या समाधानका लागी लागिपरेको वताए । तनहुँको देवघाटमा जग्गाको नापी समेत भईसकेको हुदाँ अव जिल्लामा तिव्रताका साथ काम अगाडी वढ्ने वताउनुभयो ।

निस्सा वितरण कार्यक्रम पुस १० गते १ नं वडा कार्यलयवाट शुरु भई, पुस ११ गते २ नं वडा कार्यलय, पुस १२ गते ३ नंं वडा, पुस १३ गते ४ नं, पुस १४ गते ५ नं, पुस १७ गते ६ नं वडा मा र पुस १८ गते ७ नं वडा कार्यलयमा वितरण गर्ने कार्यक्रम रहेको पालिकाले जनाएको छ ।





















































