राष्ट्रिय युवा संघले निर्वाचनमा १ वुथ १०० युथ खटाउने (फोटोफिचर)

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा ईन्चार्ज एवं युवा संघका पुर्व अध्यक्ष महेश वस्नेतले वैशाख १० गते हुने निर्वाचनमा हरेक वुथमा १०० जनाको युवा दस्ता खटाईने वताएका छन् । यो निर्वाचमा एमालेलाई घेरावन्दी गर्नका लागी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय शक्ति लागेको हुदाँ त्यसलाई चिर्नका लागी एमालेले हरेक वुथमा १०० युवा खटाईने वताएका हुन् ।


एमालेले देशमा खेलेको भुमिकालाई लिएर विपक्षी पार्टीहरु आत्तिएको सन्र्दभमा एमाले नै जनताको पार्टी भएको समेत वस्नेतले वताए । एमालेले गएको मंसिरको चुनावमा घेरावन्दी तोडेर पनि जनताको शक्ति वनेको छ । देश र राष्ट्रियताको पक्षमा खेलेको एमालेको भुमिकाले नेपाल र नेपाली जनताको शिर उँचो वनाएको छ । जस्तो सुकै घेरावन्दी तोड्न पनि एमाले र युवा संघ तैयार छ, वस्नेतले भने ।


जे जति विकास र समृद्धिको कामहरु भए सवै एमालेको सरकारको पालामा भएको हुदाँ विकासका लागी एमाले नै चाहिने वताए । देशमा एकैचोटी अस्पतालको शिलन्यास भयो, पुल पुलेसो वने, वृद्धभत्ताको सुरुवात भयो, वडामा न्युनतम १५ शैयाको अस्पताल , हरेक वडा भवनको निर्माण सवै एमालेको पालमा भयो । भारतले नाकावन्दी लगाउदाँ ओली सरकारले त्यसको सामना गरयो र देशको शिर उचो वनायो । भारतीय अतिक्रमण, चुच्चे नक्सा जारी सवै एमालेको सरकारको पालामा भयो । यो सव जनताले नजिकवाट नियालेको छ, अव त्यसको अभिमत जनताले निर्वाचन मार्फत दिनेछ, वस्नेतले भने ।


माओवादीको जनयुद्ध देखि नै युवा संघले त्यसको प्रतिवाद गर्दे देश र जनताको पक्षमा काम गर्दे आयो । हरेक आक्रमणमा युवा संघ मैदानमा उत्रयो र त्यसको प्रतिरोध गरयो । जनताको र युवाको पार्टी नै एमाले भएको हुदाँ कुनै पनि अमुक शक्तिको सामु युवा संघ झुक्दैन, वस्नेतले भने । युवाको रक्षा, युवाको विकास र समृद्धि नै युवा संघ भएको हुदाँ डटेर लाग्न समेत वस्नेतले निर्देशन दिए । युवा परिवर्तनको शक्ति हुन् । युवाको साथ र सहयोगले नै देश समृद्ध वनाउन सकिन्छ, युवाको उचित व्यवस्थापनमा युवा संघ तत्पर छ, वस्नेतले वताए । सो कुरा वस्नेतले चुनावी अभियानको सन्र्दभमा देवघाटमा आयोजित कार्यकर्ता भेलाको सन्दरभमा वताएका हुन् ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.