म्याग्दे गाँउपालिकाको दोश्रो सार्वजनिक सुनुवाई जेठ १० गते हुने भएको छ । आर्थिक वर्ष ०७९।०८० को दोश्रो चौमासिक (२०७९ मंसिर–२०७९ फागुण) सम्मको गाँउपालिका र पालिका अन्तरगतको कार्यलयवाट सम्पादित वार्षिक कार्यक्रम र विकास आयोजना, शुसासन तथा सेवा प्रवाह सम्वन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम हुन लागेको हो ।
म्याग्दे वडा नं २ को स्वास्थ्य चौकीमा हुने कार्यक्रममा विकास आयोजना, कार्यक्रमहरुको प्रभावकारिकता र सेवा प्रवाहको वारेमा छलफल हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत जित वहादुर रानाद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।







