८ करोडको लागतमा बन्दिपुर गार्डेन रिसोट सञ्चालन (फोटोफिचर)

तनहुँको बन्दिपुर १ रिमाल्नीमा भण्डै ८ करोडको लागतमा बन्दिपुर गार्डेन रिसोट सञ्चालन, रिर्सोटमा सबै सुविधा रहेको सञ्चालक महेन्द्र शाहीले वताएका छन् ।

पछिल्लो समय तनहुँ जिल्लामा होटल तथा रिर्सोटमा करोडौँको लगानी हुन थालेको छ । तनहुँमा मात्रै दर्जन बढी ठुला रिर्सोटहरु सञ्चालनमा छन् । यस क्रममा तनहुको बन्दीपुर गाउँपालिका वडा नं. १ रिमाल्नी प्लटिङमा ९ रोपनी भन्दा बढि क्षेत्रफलमा बन्दिपुर गार्डेन रिर्सोट सञ्चालनमा आएपछि स्तरीय खाना, खाजा, विवाह, ब्रतबन्ध, गोष्ठी सेमीनार लगायतका कार्यक्रम गर्न सहजता हुन पुगेको छ ।

२०७५ सालबाट सयुक्त रुपमा सञ्चालित उक्त रिर्सोट पछिल्लो समय तनहुँका युवा व्यवसायी महेन्द्र शाहीले एकल रुपमा सञ्चालन गर्दे आएका छन् । स्तरीय खाना, खाजा, विवाह ब्रतबन्ध, गोष्ठी सेमिनार , बालवालिकाहरुका लागि मनोरञ्जन तथा स्विमिङको व्यवस्था भएको यस रिर्सोटका सञ्चालक महेन्द्र शाही बताउछन् । बाईट कोरोना कहरपछि विस्तारै उठ्न लागेको तनहुँको अर्थतन्त्रमा यस्ता रिर्सोटहरुको योगदान महत्वपूर्ण रहेको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.