घिरिङ्ग गाउँपालिकाले कृषि, पर्यटन, ऐतिहासिक धरोहर समृद्ध घिरिङ्ग निर्माण गर्ने

तनहुँको दक्षिणी भेगमा रहेको घिरिङ्ग गाउँपालिकाले पालिकाको कृषि, पर्यटन, ऐतिहासिक घरोहर समृद्ध घिरिङ्ग निर्माणमा हाम्रो सरोकार भन्ने नारालाई सार्थक पार्न यसबर्षको नीति तथा कार्यक्रममा कृषि, पर्यटन र ऐतिहासिक धरोहरहरुको विकासमा जोड दिएको छ ।

पालिकाले जनतालाई केन्द्रविन्दु राखेर आधुनिक नागरिक साहायता कक्ष तथा सोही कक्षमा निशुल्क इन्टरनेट सेवा प्रदान गर्दै नागरिकले पालिकाको काम लिएर कोठा कोठामा धाउनुपर्ने बाध्यताको समेत अन्त्य गरेको छ । पालिकाका अध्यक्ष होमबहादुर थापाले यसवर्षको बजेटमा पालिकाले कृषिलाई प्रमुख प्रथामिकतामा राखेर कृषिमा अनुदान, कृषकलाई उन्नतजातका विउविजन प्रदान, मल ढुवानीमा सहुलियत, कृषकलाई खशीबोका अनुदान, कृषकले उत्पादन गरेको अदुवा वेसार लसुन प्याज उत्पादनमा अनुदान तथा पशुपालन अन्तर्गत पनि विभिन्न प्रकारको अनुदानको व्यवस्था मिलाएको पालिकाका अध्यक्ष होमबहादुर थापाले बताए ।

यसैगरी पालिकाको नारालाई सार्थक पार्न उपयोगी र उपयुक्त नीति तथा कार्यक्रमहरु ल्याई बेरोजगार युवाहरुलाई कृषि पेशातर्फ आर्कषित गरी रोजगारीको सिर्जना गर्ने काममा पालिका लागिपरेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोख्रेलले बताए । युवाहरुलाई पालिकाभित्रै रोजगारीको व्यवस्था मिलाउन पशुपालन तालिम, पशुपालनमा अनुदान, कृषिलाई व्यवसायिकरण गर्दै अनुदान दिने व्यवस्था मिलाइएको प्रमुख प्रशासकिय अधिकृत पोख्रेलको भनाई छ ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.