तनहुँको आँबुखैरनी गाउँपालिकाले पालिकाको हाताभित्र आँखा उपचार केन्द्र सुरु गरेपछि आँखाका विरामीहरुलाई धेरै सुविधा पुगेको छ । पालिकाले नेपाल नेत्रज्योति संघ हिरालाल सन्तुदेवी प्रधान नेत्रविज्ञान अध्ययन संस्थान भरतपुर आँखा अस्पतला चितवन र आँबुखैरेनी गाउँपालिकाको सयुक्त सहकार्यमा गत जेठ १ गते देखी आँखा उपचार केन्द्र सुरु भएको हो ।


पृथ्वी राजमार्गको आँबुखैरनी वडा नं ३ मा रहेको आँबुखैरेनी गाउँपालिकाको मुख्य भवन अगाडीको छुट्टै भवनको दुई वटा कोठामा उक्त आँखा उपचार केन्द्र सञ्चालन गरिएको छ । पालिकाले अस्पतालका २ वटा कर्मचारिका लागि बार्षिक ६ लाख रुपैया भरतपुर आँखा अस्पताललाई प्रदान गर्ने र भरतपुर आँखा अस्पतालले पनि न्युनतम शुल्कमा विरामीको उपचार गरिने र शुल्कको केही रकम पालिकालाई समेत प्रदान गरिने आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद शर्माले बताए ।


पालिकामा कार्यरत नेत्र सहायक भोला चौधरी आँखा उपचार केन्द्र सञ्चालन भएदेखी हालसम्म २ सय ९७ जना विरामी हरुले उपचार पाएको जसमा आँखा पाक्ने, चिलाउने, दृष्टि कम भएकाहरुलाई आँखा जाँच गरि चस्मा प्रदान गरिदै आएको बताए । आँबुखैरेनी निवासी श्रीप्रसाद गुरुङ्ग आँखा उपचार केन्द्र स्थापना भएपछि गोरखा, चितवन तनहुँका जनताहरुले धेरै सुविधा पाएको बताए । स्थानिय बलबहादुर मगर पनि आफ्नै पालिकामा उपचार पाउने भएपछि खर्च कम हुने र सहज पनि भएको बताए ।











