तनहुँको बन्दीपुर गाउँपालिकामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्बन्धी तीन दिने अभिमुखीकरण मुल्याङ्कन एवं कार्ययोजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ ।



एस. सि. एस कन्सल्ट्ङि सर्भिसेस प्रा.लि. को परामर्शदाता र वन्दिपुर गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै पालिकाका अध्यक्ष सुरेन्द्र थापाले लैङ्गीक समानताको क्षेत्रमा एक पाइला अगाडी बढेर यस बर्षबाटअझ सशक्त ढंगबाट अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।



पालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले प्रत्येक वडावडामा प्रभावकारी ढंङ्गबाट अगाडी बढ्ने बताइन् ।
बन्दिपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेशराज हमालले विकास भनेको भवन, सिंचाई र बाटो मात्र नभएर मानवको जिवनमा आउने सकरात्मक परिवर्तन नै विकास भएको बताए ।

कार्यक्रममा पालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डे, परामर्शदार्ता डा योगेन्द्र रिजाल लगायतले आ आफ्नो मन्तव्य राखेका थिए ।









