पोखरा । “ड्रिम विग डे” १ दिने IT कार्यक्रम रानीपौवा, SR KC Banquet मा सम्पन्न भएको छ। पहिलो चरणमा Mercantile Communication Pvt. Ltd. का अध्यक्ष श्री. सन्जिब राज भण्डारीले History2Future बिषयमा छलफल गर्नुभएको थियो भने IT Deurali Pvt. Ltd. का Director दिलिप श्रेष्ठ ले सहजीकरण गरेका थिए ।
यसैगरि दोश्रो चरणमा Microsoft कम्पनीका Senior Director श्री. नविन खनाल ले लिनुभएको थियो भने Thulo Technolody Pvt. Ltd. का संचालक बिश्वराज पौडेलले सहजीकरण गर्नुभएको थियो । खनालले पोखरालाई पनी IT को प्रमुख क्षेत्र बनाउन सकिने वताउनुभयो ।
कार्यक्रमको अन्तिम चरणमा Wiseyak कम्पनीका CEO श्री. सुरेश मानान्दर ले Dream2Reality बिषयमा बोल्नुभएको थियो । वहाँले AI को बिषयमा निकै चर्चा गर्नुभएको थियो । उक्त चरणमा Aakhijhyal Technology का संचालक पारस देबकोटाले सहजीकरण गरेका थिए।
३ वटा चरणमा भएको कार्यक्रममा सहभागीहरु सँग विभिन्न बिषयमा प्रश्न उत्तर भएको थियो। उक्त कार्यक्रम सचीन उदासले संचालन गर्नुभएको थियो भने कार्यक्रमलाई ३ चरणमा विभाजन गरिएको थियो ।







